मलेसियामा नेपालीहरुले कम्पनीमै आगो लगाए, ३९ जना पक्राउ

११ भदौ, एजेन्सी ।
आफुले काम गर्ने कम्पनीमा आगजनी गरेपछि बैदेशिक रोजगारीको शिलशिलामा मलेसियाको जोहोरबारुस्थित एक कम्पनीमा कार्यरत ३९ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । कम्पनीको लापरवाहीका कारण एक नेपालीको मृत्यु भएपछि हडतालमा उत्रिएका उनीहरुले कम्पनीमा आगजनी गरेका थिए ।

हिँजो राति भएको उक्त घटनालाई लिएर मलेसियाली प्रहरीले नेपालीहरुलाई पक्राउ गरेको हो ।
जोहोरबारु कुलाइजायामा रहेको कम्पनीमा काम गर्ने अधिकाँश नेपाली रहेको बताइएको छ । उनीहरुले त्यहाँ रहेको JCY HDD Technology Sdn Bhd electronics नामक कम्पनीमा गएराति आगजनी गरेको मलेसियाली प्रहरीलाई उदृत गर्दै सञ्चार माध्यमहरुले जनाएका छन् ।


तस्विर सौजन्य कोकोनट क्वालाम्पुर
गत बिहीबार मात्र सोही कम्पनीमा कार्यरत बिरामी अवस्थामा झापाका हर्कबहादुर निरौलाको मृत्यु भएको थियो।
सोही विषयलाई लिएर नेपालीसहितका कामदार र कम्पनीबीच विवाद चर्किएपछि मलेसियाका लागि नेपाली दूताबासका नियोग उपप्रमुख हेमलाल भट्टराई गत साता कम्पनीको भ्रमणमा गएका थिए ।
आगजनीको समयमा १ हजार भन्दा बढी कामदार उपस्थित रहेको र त्यसमा ६० प्रतिशत भन्दा बढी नेपाली रहेको प्रहरीले जनाएको छ । यस अघि मंगलबार मात्र नेपाली कामदारले कम्पनीमा ढुंगा मुढा गरेको समेत त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
निरौलाको मृत्यु भएपछि गत विहीबार पनि १ हजार भन्दा बढी विदेशी कामदारले कम्पनीमा धर्ना दिएका थिए ।

 भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.