फैसला पनि यस्तो : तँ पनि उसको स्वास्नी लैजा

एजेन्सी । श्रीमती भगाएको केसमा भारतको उत्तर प्रदेशमा त्यहाँको एक पञ्चायतले आश्र्चयजनक फैसला सुनाएको छ ।

बलिउडका केही चलचित्रमा देखिने त्यस्ता दृश्य साँच्चिकै भएको हो । एक युवककी श्रीमतीले उनको प्रेमीसँग भागेपछि त्यहाँको गाँउ पंचायतले श्रीमती भगाउने व्यक्तिकै श्रीमती भगाएर लान फैसला गरिदिएको छ ।

यो घटना भारत उत्तर प्रदेशको बाबुगढ थाना क्षेत्रको एउटा गाँउमा भएको हो । त्यहाँका एक यूवकको मेरठ भन्ने ठाँउकी युवतीसँग बिहे भएको थियो । विवाह पछि, दुई बीचको सम्बन्ध त्यति राम्रो हुन सकेन ।

लोग्ने स्वास्नीबिच प्राय झगडा भइरहन्थ्यो । युवतीले गाँउकै बिवाहित एक युवकसँग माया गाँसिन । एकदिन उनीहरु दुबैजना गाँउ नै छोडेर टाप कसे ।

श्रीमतीले लात हानेर टाप कसेपछि त्यो युवकले पुलिसमा उजुरी दिए । तर पुलिसले टेरपुच्छर लगाएन । उनले गाँउ पञ्चायतमा उजुरी दिए । गाँउ पञ्चयतले भने त्यी पीडित युवकको पक्षमा फैसला गरिदियो ।

फैसला थियो, उसले तिम्री स्वास्नी भगायो, तिमी उसकी स्वास्नीलाई लैजाउ । पंचायतले आफ्नी पत्नीलाई उसैसँग बस्न दिन पनि आदेश दियो । यतिमात्र होइन श्रीमती लाने मान्छेबाट १० हजार रुपैया क्षतिपूर्ति असुलिदिने पनि पंचायतले घोषणा ग¥यो ।

तथापि, जिल्ला प्रशासन कार्यालयले यस्तो फैसला सुनाउने पञ्चायत विरुद्ध तुरुन्त कारबाही गर्न आदेश दिएको छ ।


 भिडियो हेर्न तल क्लिक गर्नुहोस :

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.