अफगानिस्तान: अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा आइतबार भएको बस दुर्घटनामा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ ।
आइतबार बिहान एउटा बस ट्रकसँग ठोक्किदा भएको दुर्घटनामा बसमा रहेका २३ जना यात्रुको ज्यान गएको हो । सो दुर्घटनामा परी अरु चार जना गम्भीर रुपमा घाइते भएका छन् । हेरातको हेरात स्लाम क्वाला राजमार्गमा सो दुर्घटना भएको समाचारमा जनाइएको छ ।
आइतबार बिहान स्थानीय समयअनुसार ७.३० बजे सो दुर्घटना भएको थियो । मृत्यु हुनेमा महिला र बालबालिका बढी परेका छन् । घाइतेलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।
सो क्षेत्रमा यसअघि पनि पटक पटक यस्ता दुर्घटना हुने गरेका छन् । अफगानिस्तानको सडक यातायत अत्यन्तै जोखिमपूर्ण रहेको छ । जसका कारण त्यहाँ बारम्बार सडक दुर्घटना हुने गर्दछ । - रासस/सिन्ह्वा
बस दुर्घटनामा २३ को मृत्यु
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses