नेपालद्वारा मलेशियालाई १६२ रनको चुनौती विजेताको छिनोफानो हुँदै

एसीसी यू-१६ प्रिमियर लिगमा आज बुधबार भएको अन्तिम खेलमा नेपालले १६२ रनको लक्ष्य मलेशियालाई दिएको छ ।


किनरारा ओभल मैदानमा भइरहेको घरेलु टीमलाई टस जितेर ब्याटिक थालेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६२ रन  जोडेको छ ।  

घरेलु टीमलाई नेपालले पराजित गरे नेपालले उपाधि जित्ने छ । यसअघिको खेलमा नेपालले चार खेलमा जित दर्ता गरिसकेको छ ।

यू-१६ खेलाडि यसअघिका खेलहरुमा उपविजेतामै चित्त बुझाउँदै आएका थिए । यो टोलीको बिजेता हुने छिनोफाने केहीबेरमै हुँदैछ । छोटो समयको तयारीमा पनि नेपाली टोलीले मलेशियामा जारी खेलमा उत्साहजनक प्रर्दशन गर्दै आएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.