एमाओवादीमा चौथो शक्ति जन्मियो

काठमाडौँ, १ भदौ । एकीकृत नेकपा माओवादीभित्र दुई पक्षबीचको विवाद समाधान नहुँदै चौथो शक्तिको निर्माण भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईबीच विवाद उत्कर्षमा रहेका बेला चौथो शक्तिको निर्माण भएको हो । नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति निर्माणका लागि विभिन्न जिल्लामा समानान्तर जिल्ला कमिटी गठन गरिरहेका बेला नेता लेखराज भट्टको नेतृत्वमा नयाँ शक्ति निर्माण भएको छ । नेता हेमन्तप्रकाश वलीले पार्टीमा गति मन्दता आएको र पार्टीको कार्यदिशा

कार्यान्वयनमा कचिङ्गल भएकाले अभियान सुरु गरेको बताउनु भयो । ‘पार्टीमा अहिले दक्षिणपन्थी अवसरवाद र छद्म दक्षिणपन्थी अवसारवाद देखियो’ नेता वलीले भन्नुभयो – ‘मार्क्सवादको गला रेट्ने, नयाँ विश्लेषण गर्ने, पुरानो संश्लेषण गर्ने, पार्टीमा धम्की, घुर्की देखाउने, पद र प्रतिष्ठाको लडाइँको विरुद्ध नयाँ अभियान सुरु गरेका हौँ ।’ आजको नेपाल समाचारपत्रले लेखेको छ । नेतृत्वलाई मनोगत र आत्मकेन्द्रित बनाउने प्रवृत्तिहरु देखा परेको भन्दै उहाँले पार्टीभित्र देखिएको खराब आदतको अन्त्य गर्नका लागि सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने अभियानको उद्देश्य रहेको बताउनु भयो । साउन ४ गतेबाट नै यो अभियान सुरु भएको बताउँदै नेता वलीले अभियानमा ३५ जना नेताहरु रहेको दाबी गर्नुभयो । चौथो शक्तिका नेताहरुमा लेखराज भट्ट, लीलामणि पोखरेल, हेमन्तप्रकाश वली, विकेश श्रेष्ठ, महेन्द्र पासवाल, दीलिप साह, उमेश यादव, मुक्साहाङ मेन्याङ्बो, सुरेश कुमार राई लगायतका नेताहरु रहेका छन् । अध्यक्ष प्रचण्ड, नेता भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तीन जना नेताहरुलाई जानकारी गराएरै पार्टी निर्माणका लागि अभियान सञ्चालन भएको बताइएको छ । – See more at: http://aajakokhabar.com/

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.