आफुहरुको लक्ष्य बिश्वकपमा छनौट हुनेमात्र नभई प्रतियोगिताको उपाधि नै जित्ने रहेको बताए : पारस खड्का


आगामी बर्ष भारतका हुने ट्वान्टी ट्वान्टी बिश्वकप क्रिकेटमा छनौटका लागि छनौट खेल खेल्न जानुअघिको बिदाईमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले आफुहरुको लक्ष्य बिश्वकपमा छनौट हुनेमात्र नभई प्रतियोगिताको उपाधि नै जित्ने रहेको बताएका थिए । प्रशिक्षब पुवुदु दाशानायकेले पनि यस पटकको तयारी अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै उच्च मनोवल देखाएका थिए । बंगलादेश बिश्वकपमा नेपाली टोलीको प्रदर्शनपछि अन्तराष्ट्रिय रुपमै धेरैको मन जितेको थियो । त्यसयता नेपाली क्रिकेटप्रतिको धारणा नै बदलिएको थियो । प्रतियोगिताको खेलतालिका सार्वजनिक भएदेखिनै नेपाल सजिलो समुहमा परेको र बिश्वकपका लागि छनौट हुन सहज हुने पूर्वानुमान स्वयम् खेलाडीले नै गरेका थिए ।  ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय मान्यता पाएको नेपाली टोली लगातार दोस्रो पटक ट्वान्टी ट्वान्टी बिश्वकप खेल्न छनौट प्रतियोगितामा सहभागी भयो तर नतिजा भने बिर्सनलायक लिएर आयो । बिश्वकप छनौट अघि नेपालले नेदरल्याण्डस बिरु्रद्ध चार खेलको ट्वान्टी ट्वान्टी शृङखला खेल्यो । शृङखला तीन एकले गुमाएको नेपाली टोलीले नेदरल्याण्डसको मैदानमा गरेको प्रदर्शनबाट, खुलेर खेल्न नसकेको प्रष्ट देखिन्थ्यो । एक सातापछि आयरल्याण्ड पुगेको नेपाली टोलीले छनौट प्रतियोगितामा त्यसलाई थप प्रष्ट पा¥यो की युरोपको पिचमा नेपाली ब्याट्सम्यानहरु सुपर फ्लप देखिए । युरोपको पिचमा आफुह्ररु अभ्यस्त भइसकेकाले आयरल्याण्डमा समस्या नपर्ने प्रशिक्षक पुवुदुको दावीको विपरित एकपछि अर्को खेलमा नेपाली ब्याट्सम्यानको प्रदर्शन लज्जास्पद देखियो । प्रतियोगितामाख नेपालले सजिलै हराउन सक्ने आंकलन गरिएका टोलीहरुले नेपाललाई लज्जास्पद पराजयको बाटो देखाए । समुहको छ खेलमा नेपालले ६ खेलमा चार पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरियो । पहिलो खेलमा अमेरिकालाई छ विकेटले हराएको नेपालले अन्य सबै खेलमा प्रशंसकका लागि खुसी दिन सकेन । प्रतियोगिताको सबै खेलमा टस हारेको नेपालका लागि पहिलो खेलमा बाहेक अन्य सबैमा १ सय रनको योगफल बनाउन हम्मेहम्मे प¥यो । नामिवियासंगको दोस्रो खेल बर्षाका कारण रद्ध भएपनि तेस्रो खेलमा नेपालले आयरल्याण्डसंग लज्जास्पद पराजय बेहो¥यो । नेपालले दिएको ५३ रनको लक्ष्य ट्वान्टी ट्वान्टी इतिहाँसमै दोस्रो कम योगफलका रुपमा दरियो । चौथो खेलमा हङकङ बिरु्रद्ध पनि नेपालले पहिले ब्याटिङ गरेको थियो । १ सय ९ रनमा समेटिएको नेपाललाई हङकङले पाँच विकेटको हार चखायो र गत बर्ष ट्वान्टी ट्वा्रन्टी बिश्वकपमा बेहोरेको हारको बदला लियो । पाँचौं खेलमा पुपवा न्यूगिनीसंगको नेपालको पंदर्शन त झन लज्जास्पद रह्यो । नेपालले केवल ९३ रन बनाउन सक्यो र खेल ८ विकेटले सुम्पियो । अन्तिम खेलमा जर्सीलाई पराजित गरि बिश्वकप छनौटको संभावना गणितीय रुपमा बाँकी नै राख्ने नेपालको योजनामा पनि जर्सी बाधक बन्यो ।प्रतियोगिताबाट बाहिरिएसंगै नेपालको बिश्वकप सहभागिता त गुम्यो नै अघिल्लो बर्ष पाएको ट्वान्टी ट्वान्टी क्रिकेटको अन्तराष्ट्रिय मान्यता पनि धरापमा परेको छ । आइसीसीको निर्णय अनुसार ट्वान्टी ट्वान्टी बिश्वकप चार चार बष्र्रमा हुने भएपछि अर्को बिश्वकपका लागि नेपालले चार बर्ष कुर्नुपर्नेछ । पछिल्लो पाँच बर्षम डिभिजन पाँच हुदै डिभिजन दुईमा पुगेको नेपालको आयरल्याण्डको प्रदर्शनपछि साख धुमिल भएको छ । क्रिकेट संघको विवाद जारी नै रहदा नेपाली टोलीको प्रदर्शनले पनि समर्थकलाई निराश बनाएको छ । नेपाली क्रिकेटको यो ्रस्वर्ण काल सक्रिएको पनि आंकलन गर्न थालिएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.