जाडो मौसममा कफबाट तुरुन्त राहत पाउने सरल घरेलु तरिका....
जाडोको मौसम आउनेबित्तिकै निकै धेरै समस्याहरु आउने गर्दछन् । यो मौसममा रुघा, खोकी, ज्वरो त धेरैजसो मानिसहरुलाई आक्रान्त पारेको हुन्छ । शरिरले यी सबै समस्याहरु झेलेको अवस्थामा कफको समस्या पनि आफसेआफ आउने गर्दछ । यदि कसैलाई एलर्जी, दम र सुख्खा हावाको समस्या छ भने उनीहरुले कफको समस्या अझ बढि सामना गर्नुपर्ने हुन्छ । तुरुन्त राहतका लागि एलोप्याथिक उपचार सहि हुने भएता पनि कफ एउटा यस्तो समस्या हो जुन धेरै दिनसम्म चल्ने गर्दछ । यसबाट छुटकारा पाउनका लागि यहाँ केहि घरेलु तरिकाहरु दिएका छन्ः
१. हाइड्रेट गर्नुहोस्ः यदि तपाईंको शरिरमा पानीको कमी भएको खण्डमा शरिरबाट कफ निस्कन समस्या हुने गर्दछ । कफको समस्या भएकाहरुले तातो पानी पिउनुहोस्, यसले राहत प्रदान गर्नेछ ।
२. हट ड्रिङ्क्सः कफको समस्या भएको खण्डमा हट ड्रिङक्सले राहत प्रदान गर्नेछ जस्तै तातो सुप, तातो कफी अथवा चिया ।
३. महः एक चम्चा महको सेवन गर्नाले कफको समस्याबाट राहत प्रदान गर्दछ ।
४. तातो पानीले नुहाउनुः यदि घाँटीमा कफ धेरै छ र यसले गर्दा तपाईंको गला अवरुद्ध भइरहेको महसुस भएमा तातो पानीले नुहाउनुहोस् ।
५. सुख्खा हावाबाट बच्नुहोस्ः जाडोको मौसममा सुख्खा हावाबाट बच्नुहोस् । सुख्खा हावाले कफको समस्या हुने व्यक्तिलाई थप समस्या प्रदान गर्दछ ।
६. परफ्युम, धुँवा आदिबाट बच्नुहोस्ः आफूलाई उकुसमुकुस महसुस हुने ठाउँमा सकेसम्म नबस्नुहोस् जस्तै निकै धेरै स्प्रे गरिएको ठाउँ, धुँवा अथवा कसैले धुम्रपान गरिरहेको ठाउँ ।
७. मसला चियाः कफको समस्या भएका व्यक्तिहरुलाई मसला चियाले राहत प्रदान गर्नेछ ।
८. कागती, दालचिनी र महः मह, दालचिनी र कागतीलाई हल्का तताएर खानुहोस् । यसले तपाईंलाई निकै सहज महसुस गराउनेछ ।
९. लसुनः नुन हालेको पानीमा लसुनलाई टुक्रा पारेर हाल्नुहोस् र त्यसलाई पिउनुहोस् ।
१०. मह र ब्रान्डीः ब्रान्डीले शरिरको तापमान सहि राख्नमा मद्दत गर्दछ र तपाईंको शरिरलाई चिसोबाट बचाउन सहयोग गर्नेछ । एक चम्चा ब्रान्डीको सेवन अथवा त्यसलाई खुट्टामा लगाउनु लाभदायक हुन्छ ।
११. अमलाः शरिरबाट चिसो हटाउनु सबैभन्दा राम्रो तरिका अमलाको सेवन हो । यसलाई तपाईं घाममा बसेर खानुहोस् । (एजेन्सी)
2 comments
Write Down Your Responses
April 5, 2015 at 6:17 AM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न ठीक
February 9, 2019 at 3:14 AM
तपाईंलाई बिल भुक्तान गर्न र धेरै ऋणहरू बसोबास गर्न अत्यावश्यक ऋण चाहिन्छ, त्यसपछि तपाईं सही ऋण कम्पनीमा हुनुहुन्छ तपाईले तपाइँको सबै वित्तीय बोझबाट कम गर्न, म्यारी अडिरी लान कम्पनीमा, हामी सबै ब्याज को 2 डलर को ऋण %, आज हामीलाई ईमेल को माध्यम ले संपर्क गर्नुहोस: maryaudreyloancompany@gmail.com या व्हाट्सएप मार्फत - +1 (412) 407-3952