भिरबाट खसेको रात्रीबसमा मृत्यु हुनेको संख्या १८ पुग्यो ...
सुर्खेत, मंसिर २२ - सुर्खेत दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । क्षमताभन्दा दोब्बर यात्रुसहितको बस कर्णाली राजमार्गको कालेखोलामा सडकबाट चिप्लेर खस्दा अन्य ४९ जना घाइतेको उपचार भइरहेको छ भने ५ जना उपचारपछि घर फर्किएका छन् ।आइतवार साँझ सुर्खेतको पोखरीकाँडास्थित कल्यानकाँधमा मध्यपश्चिम यातायातको ना ४ ख ६८५७ नम्बरको रात्री बस भीरबाट ८० मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् । १४ जनाको घटना स्थलमा र ४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । घाइते यात्रृको जिल्ला अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार चालक र सहचालक फरार छन्। सुर्खेत र दैलेखबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले रातभर उद्धार कार्य जारी राखेको थियो।
घटनास्थलमा उद्धार कार्यमा संलग्न स्थानीय बासिन्दाका अनुसार साँझ साढे ६ बजे बस भीरबाट खसेको थियो। प्रारम्भिक जानकारी अनुसार कालिकोटबाट ५१ जनाको चलानी भएपनि चालकले दैलेखमा इन्ट्री गराउँदा ३० जना यात्रु रहेको बताएको पाइएको छ।
0 comments
Write Down Your Responses