अर्पिताको विवाहमा सलमानका गर्लफेण्डको भिड

बलिउडमा अहिले सलमान खानको भन्दा बढी चर्चा उनकी बहिनी अर्पिताको विवाहको छ । आफै पनि विवाह नगरेका सलमान आफ्नी बहिनीको विवाहका लागि निक्कै ब्यस्त छन् ।

सलमानकी बहिनीको विवाहमा सलमानका पूर्व प्रेमिकाहरुको भिड लाग्ने चर्चा भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
salman-affairs
संगीता बिजलानी सलमानकी पुरानी प्रेमिका हुन् । संगितालाई सलमानकी बहिनी अर्पिताले नै विवाहमा बोलाएको बताइएको छ ।
संगीता सलमानको परिवारसँग पनि निकट छिन् ।

त्यसैगरी यो विवाहमा सलमानकी पूर्वप्रेमिका क्याट्रिना कैफ पनि आउँदैछिन् । सलमानकी बहिनीलाई सजाउने जिम्मा समेत क्याट्रिनाले पाएको बताइएको छ ।
salman-khan Sangita Bijlani
तर क्याट्रिनाका अहिलेका प्रेमी रणबीर कपुरलाई भने सलमानले बहिनीको विवाहमा बोलाएका छैनन् ।
Salman with Katrina
त्यसैगरी यो विवाहमा सलमानकी पुर्व प्रेमिका ऐश्वर्या राय बच्चनको परिवारबाट कोही पनि निमन्त्रणामा नपर्ने भनिएपनि पछिल्लो समयमा अमिताभ बच्चनलाई विवाहमा बोलाउन लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
salman with ais 1
सलमानकी पछिल्लो समयमा प्रेमिका रहेको भनिएकी ज्याकलिन फर्नाण्डिज पनि यो विवाहमा हुने छिन् । 


अभिषेक बच्चन र उनकी पत्नि एवं सलमानकी पुर्व प्रेमिका ऐश्वर्या यो विवाहमा हुने छैनन् । 

तर एक प्रकारले यो विवाहमा सलमानका पूर्व प्रेमिकाहरुको भिड हुने भनेर चर्चा भैरहेको छ । 
www.nepaliheadlines.com/2014-11-18-13-14-11.html#sthash.wifa9EcF.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.