भारतको कलेजमा सान प्रजापतिको मृत्युको कलेज विरुद्ध उजुरी ! कसरी भयो घटना पढ्नुस् विस्तृतमा ...

काठमाडौं । 
भारतको उत्तराखण्डस्थित नैनितालमा रहेको शेरउड कलेजमा कक्षा ९ मा अध्ययनरत १४ वर्षीय नेपाली छात्र सान प्रजापतिको मृत्यु भएको भन्दै परिवारले कलेज विरुद्ध उजुरी नै दिएको छ । विद्यालयको लापर्बाहीले सानको मृत्यु भएको भन्दै सानकी आमा निना श्रेष्ठले उक्त कलेजविरुद्ध मुद्धा दायर गरेकी हुन् । 
सन् २०११ देखि सानले सो कलेजमा अध्ययन गर्दै आएका थिए । यसैक्रममा गत कात्तिक २८ गते शुक्रबार निमोनियाका कारण सानको निधान भएको थियो ।
सानकी आमाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि सानको मृत्यु कलेजको लापरवाहीको कारणले भएको बताइन् । नीना श्रेष्ठ र सानकी दिदी तेजस्वी श्रेष्ठलगायत आफन्तजनले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा निनाले भनिन्, “विद्यालयको चरम हेल्चेक्र्याईं र लापर्बाहीले गर्दा सानले अकल्पनीयरुपमा मृत्युवरण गर्नुपर्‍यो ।”
banner
निनाले कलेजले समयमै सान बिरामी भएको जानकारीसम्म पनि आफूलाई नदिएको भन्दै आक्रोश ब्यक्त गरिन् । समयमै उपचारका लागि सही अस्पतालमा पनि पुर्‍याएन, उनीले दुःखेसो पोखिन् ।

विद्यालय व्यवस्थापनले सानको उपचारका लागि सुरुमा स्थानीय हल्दवानी अस्पतालमा पुर्‍याएको थियो । त्यसपछि थप उपचारका लागि दिल्लीको फोर्टिज अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा भर्ना गरेको थियो । सानलाई अस्पतालमा भर्ना गरेपछि मात्र कलेजले मलाई जानकारी दियो, नीनाले भनिन् ।
Neena Shrestha 1

सानकी आमा निना श्रेष्ठ 
पत्रकार सम्मेलनमा निनाले कलेजका प्रिन्सिपल अमनदीप सन्धुले आफूसँग देखाएको ब्यवहारप्रति गम्भिर आक्रोश पोखिन् । सानी दिदी तेजस्वी श्रेष्ठले सिन्धुको ब्यवहार सच्चियोस् र त्यहाँ अध्ययन गर्ने विद्यार्थीका अभिभावकले यस्तो दुःख व्यहोर्नु नपरोस् भन्नाका लागि आफूहरुले न्याय खोजिरहेको बताइन् ।

पत्रकार सम्मेलनमा उपस्थित पीडित परिवारका आफन्त समेत रहेका चिकित्सक राजेशध्वज जिसीले सानको मृत्युको कारण निमोनिया र फोक्सोको सङ्क्रमणबाट भनियो तर छोटो समयमा नै ती कारणबाट मृत्यु हुन नसक्ने बताए ।

उनले भने, “समयमा कलेजले सानको स्वास्थ्य परीक्षण गरिदिएको भए यस्तो अवस्था आउने थिएन । बच्चाको मृत्युका बारेमा थप अध्ययन गर्नु आवश्यक छ ।”


मुद्धाबारे भारतीय मिडियामा पनि चर्चा
सानको निधनको मुद्धाले भारतमा समेत मिडियामा चर्चा पाएको छ । उत्तर प्रदेशको गौतम बुद्धनगरका एसएसपी प्रितिन्दर सिंहले निनाले मुद्धा हालेको पुष्टी इण्डियन एक्सप्रेसले जनाएको छ । निनाले विद्यालय प्रशासन विरुद्ध मुद्धा दायर गरेकी हुन् । मुद्धा अव नैनितालको कुनै पुलिस चौकीमा सारिने पनि उनले बताएका छन् । निनाले कलेजका प्रिन्सिपल अमनदीप शिन्धु विरुद्ध पनि मुद्धा दायर गरेको भारतीय पुलिसले पुष्टी गरेको छ ।
sher wood colelge pics 1
चर्चित शेरउड कलेज

सिन्धुले गरे आरोपको खण्डन्
विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लागे शेरउड कलेजका प्रिन्सिपल अमनदीप शिन्धुले आरोप अस्वीकार गरेका छन् । सान निक्कै अघि देखि नै विरामी रहेको र उनलाई दमको समस्या रहेको दावी गर्दै शिन्धुले आफूले सानको उपचारमा कुनै लापरवाही नगरेको दावी गरे । स्थानीय अस्पतालमा उपचार गरेर निको नभएपछि उनलाई नोयडाको अस्पतालमा लैजाने निर्णय गरेको पनि उनले बताएका छन् ।

sher wood colelge pics 2

भारतकै सबैभन्दा महंगो कलेज
नेपाली सीमा क्षेत्रमा पर्ने उत्तर पर्देशको नैनितालस्थित शेरउड कलेज भारतका दश उत्कृष्ट कलेजभित्र पर्छ । भारतमै समेत सामान्य परिवारका मानिसले शेरउड कलेजमा आफ्ना सन्तानलाई पढाउन सक्दैनन् । निक्कै महंगो मानिएको कलेजमा छोरो पढाउने सानकी आमा निना श्रेष्ठ विश्व बैंकमा काम गर्छिन् । हाल सो विद्यालयमा करिब ५०० नेपाली विद्यार्थी अध्ययनरत छन् ।

प्रधानमन्त्रीलाई पनि भेट्ने तयारी
सानको मृत्युको घटना अव सरकारीस्तरमा समेत पुग्ने भएको छ । यो घटनाको विषयमा सरकारी तवरबाटै कुरा उठाउने तयारी परिवारले गरेको   हो । सानको मृत्युको घटनाका बारेमा छानबिन गर्न माग गर्दै उनका परिवारजनले प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने तयारी गरेको उज्वलविक्रम थापाले जानकारी दिए ।
त्यतिमात्र होइन परिवारले भारतीय दुताबासमा पनि यो घटनाबारे ज्ञापन बुझाएको छ । सानका परिवारसहित सो कलेजमा अध्ययन गर्ने पूर्व विद्यार्थीले सानको मृत्युको घटनाका बारेमा छानबिन गर्न माग गर्दै आज भारतीय दूतावासलाई ध्यानाकर्षणसमेत गराएका हुन् ।
-nepaliheadlines.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.