मोदीको भाषणका कारण राजदूत पद धरापमा !! बिस्तृतमा ...

ranjit_raeकाठमाडौं, मंसिर २ – यहाँ हुन लागेको सार्क सम्मेलनलाई लिएर नेपालका लागि भारतीय राजदूत रञ्जित राय यतिखेर निकै तनावमा छन् । सार्कको तयारी अथवा भारतबाट आउने डेलिगेट्स तथा अतिथिहरुका लागि होइन कि जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक भाषण गर्ने वा नगर्ने विषयले गर्दा हो ।
जनकपुरमा मोदीलाई सार्वजनिक भाषण गर्न दिने वा नदिने विषयमा सरकारले अझै स्पष्ट निर्णय दिन सकेको छैन । गृहमन्त्री बामदेव गौतमले संसदको समितिमा मोदीले साइकल नबाँड्ने र भाषण पनि नगर्ने तर नागरिक अभिनन्दन मात्र लिने बताएका थिए । यसरी भाषणमा रोक लगाएपछि भारत सरकारबाट रञ्जित रायलाई दवाव आइरहेको बताइएको छ ।
पाँच महिनाअघि नेपाल भ्रमणमा आएका मोदीले जनकपुर र लुम्बनीको भ्रमण गर्ने र त्यहाँको जनतासँग साक्षात्कार गर्ने घोषणा गरेका थिए । त्यसपछि पनि मोदीले जनकपुरमा सार्वजनिक भाषण गर्ने इच्छा व्यक्त गरेका थिए र त्यसको खबर नेपाल सरकार समक्ष पनि पठाएको थिए । यो खबर पाए लगतै नेपाल तथा भारतका सुरक्षा टोली जनकपुरको सुरक्षास्थितिको बारेमा अध्ययन गरेका थिए । यसरी मोदीले राखेको इच्छा पनि पूरा गराउन नसक्ने त्यस्ता राजदूत किन चाहियो भन्दै भारतीय सरकारी अधिकारीहरुले हप्काउने गरेको दूतावास स्रोतले जनाएको छ । मोदीले जनकपुरमा सार्वजनिक भाषण गर्न नपाए नेपाल र भारतको कुटनीतिक सम्बन्धमा त असर पर्छ नै रञ्जित रायको पनि पद धरापमा पर्ने बताइएको छ ।
जनकपुरको बाह्रविघामा मोदीलाई भाषण गराउने व्यवस्थाका लागि दिनरात लागि रहेका राजदूत रायह हालसम्म सफल हुन सकेका छैनन् ।
M_Id_429527_Narendra_Modi
दूतावासका सूचना अधिकारी अभय सिहका अनुसार राजदूत रायलगायत अन्य अधिकारीहरु मोदीलाई जनकपुरमा भाषण गराउनका लागि प्रयासमा छन् सरकार पक्षसँग नियमित सम्पर्कमा रहेर जसरी पनि जनकपुरमा मोदीलाई भाषण गराउने भन्दै लागि परेका छन् । उनले हालसम्म कुनै तयारी भएको छैन, आफूहरु सरकारको सम्पर्कमा छौ केही हुने वित्तिकै जानकारी गराउने बताए ।
अमेरिका, जपान, अष्ट्रेलिया, भुटानलगायतका देशमा गएर सार्वजनिक भाषण गरिसकेका प्रधानमन्त्री मोदीले नेपालमा किन भाषण गर्न नपाउने भन्दै भारतीय अधिकारीहरुले राजदूत रायलाई दवाब दिएका छन् । दूतावासका उच्च स्रोतका अनुसार राजदूत रायले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर मोदीलाई जनकपुरमा भाषण गर्ने वतावरण मिलाई दिन आग्रह गरेका छन् । त्यसको जवाफमा प्रधानमन्त्री कोइरालाले आफ्नो तर्फबाट कुनै रोकटोक नभएको मोदीले गर्ने सबै क्रियाकलाप गर्न पाउनुपर्ने भन्दै भनिसकेको छु किन यस्तो भइरहेको छ, आफूलाई केही पनि थाहा नभएको प्रतिकृया दिएको छ ।
भाषण गर्न किन रोकेको होला आफूलाई समेत थाह नभएको प्रधानमन्त्री कोइरालाले भनेपछि राजदूत रायले मोदीले जनकपुरमा आमजनता समक्ष भाषण गर्न पाउनु भएन भने यसको नतिजा नराम्रो हुने भन्दै कोइरालालाई दवाव दिएको बताइन्छ । प्रधानमन्त्री सचिवालय स्रोतले भने, मोदीले जनकपुरमा भाषण गर्न पाउन नहुने कुरामा एमाले पार्टीले अडान लिएका छन् । प्रधानमन्त्री कोइरालाले जनकपुरमा मोदीेले भाषण गर्ने भनि आवश्यक तयारी गर्न आफ्ना मातहतका निकायले भन्दा पनि एमाललेले मानेका छैन । जनकपुरमा भाषणको व्यवस्था गर्ने मुख्य मन्त्रालय गृह र परराष्ट्र मन्त्रालय हो र यी दुई मन्त्रालय एमालेको भागमा परेका कारणले मोदीको भाषणमा रोक लगाएको हो ।’
परराष्ट्र मन्त्रालयका प्रवक्ताले जनकपुरमा मोदीको भाषणबारे कुनै तयारी नरहेको बताए । त्यहाँका स्थानीयले मोदीलाई जानकारी मन्दिरकै परिसरमा नागरिक अभिनन्दन गरिने छ र यहाँबाट गएका मन्त्रीले केही बोलेपछि मोदीले धन्यवाद ज्ञापन गर्ने छोटो कार्यक्रम रहेको बताए । यता धनुषाका सिडियो कृष्णप्रसाद ढुगांनाले मोदीले जानकी मन्दिरमा पुजा गर्ने बाहेक अरु कुनै कार्यक्रम नरहेको बताए । उनले मोदीले चाहेको जस्तो जानकी मन्दिरमा पुजा गर्न दिनुपर्छ र त्यसको लागि सुरक्षा व्यवस्था मिलाउन केन्द्रबाट निर्देशन आएको बाहेक अरु कुनै कार्यक्रमको बारेमा कुनै खबर नआएको उनले बताए ।
.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.