संगै सुत्ने गर्दथे महारानी भिक्टोरिया र उनका नोकर : १५० वर्षदखि अनुत्तरित प्रश्नको उत्तर



लण्डन– १५० वर्षदखि अनुत्तरित एक प्रश्नको उत्तर एक इतिहासविद्ले सुल्भाएको दाबी गरेका छन् । प्रश्न यो थियो कि, के महारानी भिक्टोरिया र उनका नोकर ब्राउनबिच सम्बन्ध थियो ? संसारका निकै चर्चित इतिहासविद् एएन विल्सनका अनुसार महारानी भिक्टोरिया र जन ब्राउन सँगै सुत्दथे तर उनीहरु बिच शारिरिक सम्बन्ध भएको थिएन । स्मरण रहोस्, विल्सनले भर्खरै भिक्टोरियामाथि एउटा किताब पनि लेखेका छन् ।   महारानी भिक्टोरियाको आफ्ना नोकर जन ब्राउनसँग कस्तो प्रकारको सम्बन्ध थियो ? यो त्यो प्रश्न हो जुन विगत १५० देखि अनुत्तरित थियो । आफ्नो किताबमा विल्सनले लेखेका छन् कि मलाई लाग्दैन कि भिक्टोरिया र ब्राउनबिच कहिले पनि शारिरिक सम्बन्ध स्थापित भयो ।   उल्लेखनीय छ कि विवाद त्यतिबेला सुरु भयो जब एक मन्त्रीले आफू मर्ने बेलामा भिक्टोरिया र ब्राउनले क्रेथी चर्चमा विवाह गरेको बताए । ब्राउन, महारानी भिक्टोरियाभन्दा ७ वर्ष साना थिए ।  

 श्रीमानको मृत्यु पछि एक्ली र शान्त भएकी थिइन् भिक्टोरियाः

 श्रीमानको मृत्यु पछि महारानी निकै तनावमा बस्न थालेकी थिइन् । उनका सहयोगीहरुलाई लाग्दथ्यो कि उनका नोकर ब्राउन उनलाई यो अवस्थाबाट बाहिर निकाल्न सक्छन् । तर मानिसहरु त्यतिबेला अचम्मित भए जब महारानी उनको जादुमा डुब्दै गइन् । ब्राउन निकै चाँडै नै रानीको यति नजिक भए कि सबै दरबारियाहरु चकित भए र रानीका छोरीहरु पनि उनलाई आफ्नी आमाको प्रेमीको रुपमा स्विकार गर्न थालिसकेका थिए ।   उनको महारानीसँगको निकट सम्बन्ध बाँकी दरबारियाहरुका लागि चिन्ताको विषय बनेको थियो । शाही घरमा मानिसहरु उनलाई घृणा गर्न लागेको थिए र बाँकी नोकरहरुले उनलाई रानीको घोडा भन्ने गर्दथे । ब्राउनलाई डार्लिङ भनेर सम्बोधन गर्दथिन् महारानी भिक्टोरिया   एक विदेशी सचिवले पत्ता लगाए अनुसार भिक्टोरियाले ब्राउनलाई लेखेको पत्रमा उनलाई डार्लिङ भन्न सुरु गरेकी थिइन् । एक भ्रमणको दौरान उनीहरुबिच शारिरिक सम्बन्ध पनि भएको कोही मानिसहरुको दाबी छ । सन् १८८३ मा ब्राउनको मृत्यु भएपछि रानीले उनको बारेमा थुप्रै कुराहरु लेखेको मानिन्छ तर यसले रानीको छवि खराब हुने भन्दै दरबारियाहरुले ब्राउनको डायरीसँगै यी लेखहरुलाई पनि फालिदिएको बताइएको छ ।  

 जोडिएको कोठामा सुत्दथे भिक्टोरिया र ब्राउन  

 विदेश सचिवका अनुसार ब्राउन र रानी एकैसाथ रक्सी पिउने गर्दथे र जोडिएको कोठामा सुत्दथे । एक स्कटिश सोसलिष्ट रिपब्लिकन नेश्नलिष्ट एलेक्जेन्डर रोबर्टसनले यस्तो पर्चा बाँडेका थिए जसमा छापिएको थियो रानी र ब्राउनको विवाह भयो तर उनी उनका यस्ता श्रीमान हुन् जसको कुनै पदक छैन । कोही मानिसहरुले उनीहरुको एक बच्चासमेत भएको बताएका छन् तर यो निकै अविश्वसनीय रहेको छ । (एजेन्सी) 

www.ratopati.com/2014/11/18/183358.html#sthash.ZRV4JwuN.4EMvvV4I.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.