कोको आउंदैछन् यसपालिको सार्क सम्मेलनमा ..फोटो फिचर

काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको स्थापना जुन उद्देश्यले भएको हो त्यो दिशामा काम हुन नसक्दा यसको अस्तित्वमाथि नै पटक पटक प्रश्न उठिसकेको छ । करिव किरव युरोपेली संघको मोडलमा विकाश गर्ने सोंचमा स्थापना गरिएको सार्क यो अवस्थामा किन आयो त ? सामुहिकता र क्षेत्रियताको अबधारणालाई अगि सार्दै स्थापना भएको सार्कले आफ्नो १८ औ शिखर सम्मेलनसम्म आईपुग्दा आशातित प्रगति गर्न नसक्नुको मुख्यकारण यो क्षेत्रका राष्ट्र प्रमुखहरुको कार्यशैली जिम्मेवार रहेको बिश्लेषकहरु बताउँछन् ।
sarc history
भारत पाकिस्तान द्वन्दका कारण पनि सार्कले अपेक्षित सपलता हासिल गर्न नसकेको पनि धेरैको विश्लेषण छ । सार्कमा यस पटक सबै सदस्य राष्ट्रका सरकार प्रमुखले सहभागिता जनाउँदैछन् ।

सार्क राष्ट्रहरुका प्रमुख कार्यकारीहरुको उपस्थित रहने १८ औ सार्क शिखर सम्मेलनमा सहभागी हुने प्रमुखहरु मध्य श्रीलंकाका राष्ट्रपति महिन्द्रा राजपाक्षे र बंगलादेशकी शेख हसिना बाहेकका अरु राष्ट्रप्रमुखहरुको यो सम्बोधन पहिलो रहनेछ ।
mahinda rajapakshe
नेपालका प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति सुशील कोईरालाले सन् २०१४ फेब्रुअरी ११ मा सत्ता सम्हालेका हुन् । आयोजक राष्ट्रका हैसियतले पनि यसपाली उनले उठाउने मुद्धा धेरैको चासोको बिषय बनेको छ ।
 PM Koirala returns from india
सार्कको १७ औ सम्मेलन भएको सन् नोभेम्बर २०११ को करिब ४२ महिना पछि सन् २०१४ को मे मा भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन्, नरेन्द्र मोदी । भारतका १५ औ प्रधानमन्त्रीका रुपमा परिचित मोदीले आफ्नो सपथ ग्रहण कार्यक्रममा सार्क राष्ट्रका प्रमुखहरुलाई बोलाउनुले पनि क्षेत्रीय सम्बन्ध सुधार गर्न चाहेको धारणा राख्छन् १८ औ सार्क शिखर सम्मेलनका सल्लाहकार समितिका संयोजक भेष बहादुर थापा । सार्कले समस्याहरुको पहिचान गर्नै तर कार्यन्वयन नगर्ने परिपाटीले आफ्नो भूमिका घटाउदै लगेको उनको भनाई छ ।

तेस्रो पटक पाकिस्तानका प्रधानमन्त्री बनेका मियान महोम्मद नवाज सरिफले पछिल्लो पटक सन् २०१३ जुन ५ मा आफ्नो जिम्मेवारी संहालेका हुन् । पाकिस्तानका उद्योगीका रुपमा समेत परिचित सरिफले भारतसगँ बनाउने सम्बन्ध र रणनीतिले पनि सार्कको गतिलाई निक्र्योल गर्ने जनाईएको छ । पाकिस्तान भारतको सम्बन्धनै सार्कको अबरोध बन्दै आएको छ ।

सार्कका बिषयबस्तुमा जानकार मानिएका श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले सन् २००४ मा प्रधानमन्त्री पद संहालेका थिए । सन् २००५ मा राष्ट्रपतिको पहिलो कार्यकाल र सन् २०१० देखि दोस्रो कार्यकाल संहालिरहेका राजपाक्षे १८ औ सम्मेलनमा उपस्थित रहने छन् ।

भुटानको पिपल्स डेमोक्रटिक पार्टीका नेता छिरिङ तोग्बेले सन् २०१३ जुलाई ३० बाट प्रधानमन्त्रीको पद संहालेका हुन् । उनी श्रम र मानव संसाधनका बिज्ञ मानिन्छन् ।

लैङिगक कोणबाट चर्चा गरिरहदा १८ औ सार्क शिखर सम्मेलनमा शिर्ष महिलाको रुपमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको उपस्थिती रहनेछ । सन् १९९६ मा प्रथम पटक र २००९ मा दोस्रो पटक प्रधानमन्त्री बनेकी हसिनाको १७ औ सार्क शिखर सम्मेलनमा समेत उपस्थिती रहेको थियो । उनी बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानका छोरी समेत हुन् ।
sheikh-hasina-pm-bangladesh

सार्कको नँया राष्ट्रको रुपमा परिचित अफगानिस्तान द्वन्द र आन्तरिक समस्याका कारण चर्चामा रहेको छ । पाकिस्तानका अर्थविद् एवं पूर्व अर्थ मन्त्री रहेका अश्रफ घानीले राष्ट्रपतिको पद सम्हालेको दुई महिनापनि बितेको छैन । सन् २०१४ सेप्टेम्बर २१ मा पद संहालेका घानीको रणनीतिले सार्कलाई प्रत्यक्ष असर पार्ने अड्कल काटीएको छ ।
 Ashraf-Ghani Afghan pm
सन् २०१३ मा माल्दिभ्स्का राष्ट्रपति पद संहालेका अब्दुल्ला यामीन अब्दुल गयुमको सामाजिक अभियान्ताका रुपमा परिचित छन् । १८ औ सार्क शिखर सम्मेलनमा उनको उपस्थिती र सहयोगको अपेक्षा गरिएको छ ।
saarc
धेरै राष्ट्र प्रमुखहरु कार्यकारी पदमा भर्खरै आएको र नयाँपनको उर्जासगै १८ औ सार्क शिखर सम्मेलनले तमाम सार्कका एजेण्डाहरुलाई कसरी सम्बोधन गर्छ र कुन उचाईमा लैजान्छ त्यो भने हेर्न बाकिँ छ ।

बिश्वका ८ वटा राष्ट्रहरु र कूल जनसङख्याको २३ प्रतिशत जनसङख्या सार्कमा रहेको छ । यति विशाल जनसंख्या भएको यो क्षेत्रीय सहयोग संगठनको विकाश अपेक्षित हुन नसक्नुको कारण केलाउने समय आइसकेको छ । सार्कलाई केवल औपचारिक भेटघाटको थलोकोरुपमा मात्र विकाश गर्ने परंपरा काठमाडौंबाट तोडियोस् । 
 http://nepaliheadlines.com/2014-11-12-07-07-00.html#sthash.G5MjD32X.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.