सार्क सम्मेलनले गर्दा सडक कुकुरहरुको हरिबिजोग

१८ औं सार्क सम्मेलनको आयोजक राष्ट्र नेपालले काठमाडौंलाई सफा र सुन्दर बनाउने भन्दै सडक पेटीमा बस्ने कुकुरहरुलाई सडकबाट हटाई जंगलमा लगेर छाड्ने निर्णय गरेको छ । जसको एनिमल नेपालको तर्फबाट डाइरेक्टर उत्तम काफ्लेले मंगलबार एक विज्ञप्ती निकालेर विरोध गरेका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘सहरलाई सुन्दर बनाउने नाममा सडक पेटीका कुकुरहरुलाई उठाएर अन्य स्थानमा लैजाने गलत निर्णय एकदमै दुःखदायी छ ।’
‘सडक पेटी, पसल तथा चोक गल्ली आदिमा बस्दै आएका कुकुरहरु हाम्रो शहरको यर्थाथता हो र यो कुरा कोहि कसैसंग छुपाउनु पर्ने आवश्यकता पनि देखिदैन । उक्त कुकुरहरुलाई उनीहरुको तत्कालीन स्थान बाट उठाएर अन्य स्थान, विषेश गरि जंगल आसपासका स्थानमा लैजादा निम्तने अवस्था कसैले ख्याल नगरेको पाइयो ।
street_dogs03तिनिहरुलाई ठुलो समुहमा नयाँ ठाउँमा लैजादा कयौं खान नपाएर मर्ने, अनावश्यक होहल्ला गर्ने र खानाको अभावको कारणले जंगली जनावरहरुमा निर्भर रहर्द जादा घरपालुवाको स्वाभाव बदलिई जंगली कुकुर जस्तो व्यवहार देखाउन सक्दछन् । यसले पशु कल्याणको बर्तमान आवस्यकतालाई त तिरस्कार गर्छ नैं साथै प्रभावित क्षेत्रका मानव समुदायमा पनि दिर्घकालीन प्रभाव पार्न सक्दछ ।’ विज्ञप्तीमा भनिएको छ, ‘कुकुरलाई कुनै एक ठाँउ बाट अर्को स्थानमा लाने क्षणिक निर्णय गर्नु भन्दा कुकुरहरुको जनसंख्या नियन्त्रण गर्न तिनिहरुलाई बन्ध्याकरण गरि समस्याको दिर्घकालीन समाधान खोज्न सबैले ध्यान दिनु जरुरी छ । किनकी जनावरहरुको बन्ध्याकरण नै तिनिहरुको जनसंख्या नियन्त्रण गर्ने बैज्ञानिक विधी हो भन्ने कुरा प्रमाणित भइसकेको छ ।’
पशुअधिकारका निम्ति स्वर मच्चाउने अन्य संघसंस्था तथा व्यक्तिहरुले पनि सडक कुकुरहरुको यस्तो हरिबिजोगको वैकल्पिक व्यवस्थापनको उपायको बारेमा विमर्श गर्नु र निर्णय बदल्न सरकारलाई दबाब सिर्जना गर्न जरुरी छ ।
www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.