नेपाली तारा ३ मा संभवतः संसारकै सबैभन्दा पहिलो मोबाइल अडिसन लिईँदै
कोका–कोला नेपाली तारा ३ को प्रमुख प्रायोजकमध्ये रहेको एनसेलले मोबाइल अडिसनका लागि नविनतम् प्रणाली प्रस्तुत गरेको छ जसमा प्रतियोगीहरुले सर्वप्रथम प्रतियोगीतामा आफ्नो नाम दर्ता गर्न <Ncell> <नाम> <उमेर> <ठेगना> टाइप गरि २७२२ मा एस.एम.एस. गर्नुपर्नेछ।
यो अवसर एन.सेल. प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ। प्रतियोगिताका जजहरु वरिष्ठ संगित निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगित कम्पोजर र गीतकार शुरेस अधिकारी र प्रशिद्ध गायक राम कृष्ण ढकालले यस मोबाइल अडिसनका लागि आफु निकै उत्साहित रहेको बताए। “यस्तो मोबाइल अडिसन सायद सांगीतिक रियालिटि सो मा पहिलो पटक हुन गइरहेको छ र यसका लागि हामी निकै उत्साहित छौँ। मोबाइल अडिसन गर्नु हाम्रो लागि पनि एउटा चुनौती हो, तर हामीलाई बिश्वास छ कि यसले प्रतियोगीतामा एउटा नयाँ उत्साह थप्नेछ र प्रतियोगीताका अन्तिम २० प्रतियोगीहरुलाई अझै प्रतिस्पर्धात्मक भावमा ल्याउनेछ,” वरिष्ठ संगित निर्देशक तथा प्रतियोगिताका जज प्रकाश गुरुङले भने।
प्रतियोगिताको विजेताले एउटा मोटरसाइकल लगाएत रु. २५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगिहरु प्रत्येकले ११ हजार नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन्। कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन्। २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन्। अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन्।
Setopati |
0 comments
Write Down Your Responses