कसले चप्कायो ‘चरी’को पाँच करोड ?

dinesh adhikari chariकाठमाडौं,कात्तिक २५ – डन दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिएको तीन महिना पुगे पनि घटना चर्चा अझै सेलाएको छैन । तर चरीका आर्थिक कारोबारबारे अनुसन्धान गर्दा नयाँनयाँ तथ्य फेला पर्दै गएको छ ।
अनुसन्धानका क्रममा चरिको करिब पाँच करोड रुपैयाँ बराबरको शेयर एक हाइड्रो पावर कम्पनीमा भेटिएको छ । तर,अर्काको नाममा भएकाले उक्त सेयर हडप्नका लागि यतिबेला कम्पनीभित्रै विवाद चुलिएको छ ।
स्रोतका अनुसार धादिङकै आबुखोला हाइड्रोमा चरीको करिब पाँच करोड बराबरको शेयर थियो । तर सम्पत्ति सुद्धिकरणको अनुसन्धानमा तानिने भएकाले त्यो शेयर उनले आफ्नो नाममा राखेका थिएनन् । चरीले उक्त शेयर चार्टर्ड एकाउन्टेन्ट विश्वनाथ शाहको नाममा राखेका थिए थिए । अहिले चरीको मृत्यु भइसकेपछि उनको शेयर हडप्नका लागि आबुखोला हाइड्रोका सञ्चालकहरुबीच विवाद भएको छ । स्रोतका अनुसार उक्त शेयर बापत चरीले कंडेलसँग लेनदेनको विभिन्न सम्झौता गरेका थिए ।
उक्त हाइड्रो निर्माणमा स्थानीय गुण्डाहरुले दुःख दिएपछि एमाले नेता राजेन्द्र पाण्डेले हाइड्रोका सञ्चालक र चरीबीच सहमति गराएर सबै गुण्डा पाखा लगाउने जिम्मा लिएका थिए । त्यसैबापत उनले उक्त स्रोत लिएको स्रोतको भनाई छ । महिनामा एक लाखभन्दा धेरै रकम कम्पनीबाट चरीले बुझ्ने गरेका थिए ।
चरीको मृत्युपछि चार्टड एकाउन्टेन्ट कँडेलले नै उक्त शेयर हात पार्ने दाउमा लागेका छन् । त्यसमा एमाले नेता पाण्डेले पनि चासो देखाइरहेको स्रोत बताउँछ ।
Chari Shot Deadगत साउन २३ गते चरीको भिमढुंगामा प्रहरीसँगको मुठभेडमा मृत्यु भएको थियो । चरी हत्याकाण्डमा बद्नाम भएपछि गुमनाम भएर बेलायत भासिएकी मोडल खुश्बु ओली त्यहाँ पनि टिक्न नसक्ने भएपछि नेपाल फर्कने भएकी छन् । आफ्नो प्रेमका कारण चरीलाई प्रहरीले हत्या गरेको आरोप लगाउँदै आएकोमा प्रहरीले उनीमाथि छानविन थालेपछि बेलायत भासिएकी थिइन् । भदौंको पहिलो साता उता भागेकोमा उनी यही साता नेपाल फर्कनै तयारीमा रहेको स्रोत बताउँछ । आजको दृष्टि साप्ताहिकमा खबर छ ।

http://www.ratopati.com/2014/11/11/181478.html#sthash.HomGYx9L.amG8FClu.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.