श्वास लिँदा यी कुरा ध्यान दिनुस्, रोग निको हुन्छ

श्वास नलिइकन हामी जिवित नै रहन सक्दैनौं । जीवनको आधार नै श्वास हो । स्वाश केवल जीवनका लागि मात्र होइन स्वास्थ्यका लागि पनि निकै महत्वपूर्ण छ । तर हामीले श्वसको महत्व नबुझेर केवल जिउनका लागि मात्र श्वास लिइरहेका छौं । तपाइँले तरिका पुर्‍याएर श्वास लिने हो भने विभिन्न रोगबाट मुक्त हुन सकिन्छ । यसका लागि श्वास लिने समयमा केही कुराहरु ध्यान दिन जरुरी हुन्छ ।



अमेरिकाको फेयरफिल्ड आयोवास्थित अन्तर्राष्ट्रिय महर्षि वैतिक विश्वविद्यालयका प्राध्यापक बी पियर्सनले एक शोधपछि श्वास लिने तरिकामा ध्यान दिने हो भने ४० प्रतिशत गम्भिर रोगबाट बँच्न सकिन्छ । रक्तचाप, अनिन्द्रा, हृदयरोग र मधुमेह जस्ता गम्भिर रोग पनि श्वासप्रश्वासमा ध्याद दिएमा निको पार्न सकिने पियर्सनको दावी छ । पियर्सनले सन् २००५ देखि यो अध्यन गरेका थिए ।

उनले अध्यनका क्रममा मानिसहरुको रहन सहन, जीवनचर्या र योग ध्यानबारे अध्यन गरेका थिए । अध्यनका क्रममा उनले योग ध्यान गर्ने देखि विलासी र सामान्य जीवन विताउने ब्यक्तिहरुलाई समावेश गरेका थिए । ३ वर्षको अध्यनपछि उनले श्वास लिने सहित तरिका अपनाउँदा विभिन्न रोगबाट बँच्न सकिने निष्कर्ष निकालेका हुन् । पियर्सनले योगशास्त्रमा उल्लेख भए जस्तै हाम्रो नाभी नजिक रहेको मानिने मणिपुर चक्र सम्म श्वास जानु पर्ने उल्लेख गरेका छन् ।

सामान्यतया मानिसहरुले बढीमा फोक्सो सम्म र कतिपयले त घाँटी सम्म मात्र श्वास जान दिएर बाहिर फ्याँकि हाल्छन् । स्वास लिने समयमा नाभीस्थान उठ्यो भने मात्र ब्यक्ति पूर्ण स्वस्थ हुने उनको भनाइ छ । बच्चाहरुले श्वास लिँदा नाभीस्थल सम्म नै पुर्‍याउने भएपनि हुर्किँदै जाँदा यो प्रक्रिया प्रभावित हुन्छ । मन शान्त र स्थिर राखेर श्वासलाई नाभीस्थल सम्म पुर्‍याउँदा तनाव र चिन्ताबाट समेत मुक्त हुन सकिने उनको भनाइ छ । जापानमा प्रचलित बौद्ध परंपरामा पनि यो श्वास लिने प्रक्रिया चर्चित छ । यसले शरीरलाई स्वस्थ र मनलाई सन्तुलित राख्ने योगशास्त्रीहरु बताउँछन् ।


 http://nepaliheadlines.com/2014-08-16-12-26-49.html#sthash.JrWrk9Of.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.