अश्लील भिडियो हेर्दा मस्तिष्क खुम्चन्छ

पोर्नोग्राफी (अश्लील चित्र तथा भिडियो) हेर्नेहरूको मस्तिष्क खुम्चिने एक अध्ययनले देखाएको छ । अश्लील चित्र तथा भिडियो हेर्ने बानी र त्यसले पार्ने सम्भावित असरबारे अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् । अधिक समय पोर्नोग्राफी हेर्ने मानिसको मस्तिष्क जन्मैदेखि विशेष प्रकारको हुने पनि अनुसन्धानकर्ताको भनाई छ ।
बर्लिनको म्याक्स प्लाङक संस्थाका मुख्य अनुसन्धानकर्ता डा. सिमोन कुनले अश्लीलता र मस्तिष्क को आकार घट्ने विषयबीचको संबन्धबारे पत्ता लागेको पहिलोपटक भएको बताइन् । यद्यपि यसको आधिकारिक पुष्टि अहिलेसम्म भइसकेको छैन । अर्कोतिर अधिकारवादीहरुले अमेरिकामा गम्भीर रुपमा ‘पोर्नोग्राफी महामारी’ फैंलिरहेको भन्दै यसलाई धूमपान, मध्यपान तथा ड्राइभिङजस्तै रुपमा व्यवहार गरी नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
मोरालिटी इन मेडिया संस्थाका कार्यकारी निर्देशक डन हकिङ्सले अन्य प्रमुख स्वास्थ्य समस्याजस्तै पोर्नोग्राफीसंग पनि सामना गर्नुपर्ने बताए । उनले पोर्नोग्राफीले मानसिक रुपमा क्षति पुयाइरहेको पनि बताएका छन् ।
अमेरिकामा अश्लील भिडियो तथा चित्र राख्ने पोर्न साइटमा अमाजोन, ट्वीटर तथा नेटफ्लिक्स गरी तीनवटामा जति संयुक्त भिजिटरभन्दा बढी भिजिटर हुने गर्छन् । इन्टरनेटमा अहिले ४२ लाख पोर्न वेबसाइट छन् । च्यारिटी युनिभर्सिटीकी डा. सिमोन कुनले आफ्नी सहकर्मी जुर्गेन गालियान्टसंग मिलेर २१ देखि ४५ वर्षबीचका ६४ जना स्वस्थ मानिससंग उनीहरुको अश्लील भिडियो तथा चित्र हेर्ने बानीका बारेमा प्रश्न सोधेका थिए ।www.zestkhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.