प्रेम गर्ने जोडी द्वारा विष सेवन, प्रेमीको मृत्यु

झापा, कात्तिक २२– झापाको तोपगाछीमा प्रेम गर्ने एक जोडीले विष सेवन गरेका छन् । विष सेवनबाट प्रेमीको मृत्यु भएको छ भने प्रेमिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । दुवै जनाले एकैसाथ विष खाएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको अनुमान छ ।
इलामको बाह्रकोठे घर भई दमक–१३ मा डेरा गरी बस्दै आएका १५ वर्षीय यादव कुमाल र उनका प्रेमीकाले एकैसाथ विष खाएर आत्महत्याको प्रयास गरेका थिए । उनको शव तोपगाछी–७ स्थित रतुवामाई जङ्गल क्षेत्रमा स्थानीयले शुक्रबार साँझतिर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।


मृतकले कीटनाशक विषादी सेवन गरेको खुल्न आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । शान्तिनगर घर भई दमक–१० डेरा गरी बस्ने किशोरीको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.