हट फेसनमा करिना
सादा पोसाकमा होस् वा ग्ल्यामरस। जिरो फिगरका कुरामा होस् वा फेसनेवल शैली बलिउड अभिनेत्री करिना कपुर सधैं चर्चामा आउने गर्छिन्। उनका फ्यानको कमी छैन। अन्य नायिकाको जस्तो विवाहपछि करिनाको क्रेजमा कमी आएको छैन।
यसको पछिल्लो उदाहरण हो चलचित्र म्यागेजिन 'फिल्मफेयर'को कभर गर्ल बन्नु। म्यागेजिनको नोभेम्बर अंकमा उनी निकै ग्ल्यामरस रूपमा प्रस्तुत भएकी छन्। यसमा उनको सोख र शैली साँच्चिकै झल्किछ। यो विशेषांक हट फेसनमा केन्द्रित छ।
कभरमा करिना पनि फेसनेबल लुकमा देखिएकी छन्। पछिल्लो समय चलचित्र प्रदर्शनमा आएको करिना अभिनीत चलचित्र 'सिंघम रिटर्न्स'मा उनको सुन्दरता र प्रस्तुतिलाई दर्शकले रुचाएका थिए। चलचित्र हिट भयो। सन् २०१५ मा करिना अभिनीत 'शुद्धि', 'गोलमाल ४', 'गब्बर' र 'बजरंगी भाइजान' गरी चारवटा चलचित्र रिलिज हुँदैछ।
0 comments
Write Down Your Responses