स्तन हल्लाउँदा मार्ने धम्की
प्रख्यात संगीतकार माजार्टको संगीतको धुनमा स्तन हल्लाएको भिडियो अपलोड गरेर चर्चित भएकी टाटु मोडल सारा एक्स अहिले तनावको जीवन बाँचिरहेकी छन् । उनले सार्वजनिक गरेको भिडियो चर्चित
बनेपछि उनलाई हत्याको धम्की आएपछि उनी तनावमा बाँचिरहेकी हुन् । स्तनसम्बन्धी क्यान्सर रोकथाम अभियान सञ्चालनका लागि सहयोग गर्न अर्थ संकलन गर्ने अभिप्रायले साराले मोजार्टको संगीतको तालमा आफ्ना स्तन हल्लाएको भिडियो युट्युबमा अपलोड गरेपछि त्यो सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो ।उक्त भिडियो एक सातामा नै २० लाखभन्दा बढी पटक हेरिएको थियो । साराले हालै एक सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उक्त भिडियो हेर्ने केही व्यक्तिले आफूलाई मार्ने धम्की दिएको सार्वजनिक गरेकी हुन् ।
0 comments
Write Down Your Responses