दीपिका ३ सय करोडकी नायिका


बलिउड अभिनेत्री कैटरिना कैफपछि डिम्पल गर्ल दीपिका पादुकोण पनि ३ सय करोड क्लबमा सामेल भएकी छिन् । दीपावलीको अवसरमा प्रदर्शित चलचित्र ह्याप्पी न्यू इयरले ब्लकबस्टर सफलता हासिल गर्दै ३ सय करोड माथिको व्यापार गरेपछि दीपिका पनि ३ सय करोड क्लबकी क्विन  भएकी हुन् । चलचित्र ह्याप्पी न्यू  इयरले ओभरसिज समेतमा गरेर ३ सय ७० करोड कमाइसकेको छ ।




यसअघि दीपिका अभिनित चेन्नई एक्सप्रेसले ४ सय २२ करोड, ये जावनी है दिवानी ३ सय ११ करोड कमाएका थिए । कैटरिना झैं ३ वटा चलचित्रले २ सय करोड माथिको व्यापार गरेपछि दीपिकाले आफ्नो महत्व पुष्ठि गरेकी हुन् ।

कैटरिना कैफको धुम थ्रीले ५ सय ४२ करोड, बैंगबैंगले ३ सय ८० करोड तथा एक था टाइगरले ३ सय २० करोड व्यापार गरेका थिए ।

३ सय करोड क्लबमा करिना कपुर (थ्री इडियट्स ३ सय ९५ करोड), ज्याकलिन फर्नाडिन्डज (किक ३ सय ७७ करोड ), प्रियंका जोपडा (क्रिश थ्री ३ सय ७४ करोड ) पनि छन् ।
एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.