आर्यनको फरक लुक्स र गेटअप रहेको नाइकेको टाइटल गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं, कात्तिक २७– मंसिर १९ गतेदेखि अल नेपाल रिलिज हुन लागको फिल्म ‘नाईके’ को टाईटल गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा अभिनेता आर्यन सिग्देललाई ‘नाईके’ को रुपमा प्रस्तुत गरिएको छ । साथमा रेम बिक, बोधराज रेग्मी, विजयराज सेन्चुरीसँगै अन्य केहि कलाकारहरु पनि केमियो भुमिकामा देखिएका छन् ।

 नेत्र गुरुङले निर्देशन गरेको फिल्म नाईकेको कोरियोग्राफर रोहन नेपाली हुन् । कोरियोग्राफिमा उनको डेब्यू हो । नाईके गीतको भिडियो सार्वजनिक भएसँगै कोरियोग्राफर नेपालीको चर्चा यतिबेला फिल्म उद्योगमा ह्वात्तै बढेको छ ।     आर्यनको करिअरमै पहिलोपटक फरक लुक्स र गेटअप रहेको यो फिल्ममा उनको भुमिकापनि भिन्न रहेको निर्माणपक्षले जनाएको छ ।

 केहि दिन अगाडिको पत्रकार सम्मेलनमा आर्यनले फिल्मबाट निकै आश गरेको बताएका थिए । गीतसंगीतको चर्चासंगै धेरै दर्शकहरुले फिल्मलाई पर्खेर बसेका छन् ।     फिल्ममा आर्यनसंगै रेम बिक, सुरबिना कार्की, बोधराज रेग्मी, विजयराज सेन्चुरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् ।

फिल्ममा द्वन्दद्व निर्देशक सानुकुमार महर्जन हुन् । विष्णु हमाल कार्यकारी निर्माता रहेको फिल्ममा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली र आनन्द क्षेत्रीले लगानी गरेका छन् ।


http://www.ratopati.com/2014/11/13/181992.html#sthash.Mm9mckWZ.jOr0WTCh.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.