स्वस्थ जीवनका लागि बन्दा अत्यन्तै उपयोगी जान्नोस् बन्दाका फाइदाहरु......

बन्दागोभी तपाई हाम्रो घर वरिपरि सजिलै पाइन्छ । तपाईलाई थाहा नहुन सक्छ यसका फाइदाका बारेमा । हरियो तरकारीमा बन्दागोभी खानु धेरै नै फाइदादायक मानिन्छ ।

यसमा कयौं यस्ता गुण छन जसले हाम्रो शरीरलाई स्वस्थ राख्दछ । बन्दागोभीले पेटलाई सफा गर्छ अर्थात कब्जियत भगाउनलाई सहयोग गर्दछ । बन्दागोभी तरकारीको अतिरिक्त सलादको रुपमा पनि खान सकिन्छ ।
                                          
बन्दागोभीमा भएको सुक्ष्म तत्वले शरीरमा पाइने विषयुक्त पदार्थलाई बाहिर निकाल्न तथा शरीरको पाचन प्रणालीलाई मजबुत राख्नमा मद्दत गर्दछ । बारीबाट भर्खर ल्याएको ताजा बन्दागोभिमा नुन, मरीच तथा कागतीको रस मिसाएर दिनहुँ बिहान खाली पेटमा खाएमा २ देखि ४ हप्तामा तपाईको कब्जियतको समस्या समाधान हुन्छ ।

ताजा बन्दागोभीको रसमा भिटामिन यू नामक एक यस्तो दुर्लभ भिटामिन पाइन्छ, जुन अल्सरलाई प्रतिरोध गर्ने पदार्थ पनि हो । बन्दागोभीको रस पिउनाले पेप्टिक अल्सर अर्थात पेटको घाउ ठिक हुन्छ । भिटामिन यू को यू अक्षर ल्याटिन भाषाको शब्द ुयलसबाट लिइएको हो , यसको अर्थ अल्सर हुन्छ ।

नियमित रुपमा दिनहुँ बिहान बेलुका एक एक कप ताजा बन्दागोभीको रस पिउनाले अल्सरको बिरामीलाई धेरै नै फाइदा हुन्छ ।


 http://www.nepaliheadlines.com/2014-11-14-07-09-31.html#sthash.aHSlgGKv.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.