चुरोट तान्नेको औंला काटियो, अन्यलाई ढुङ्गाले हानेर मारियो..

काठमाडौं, कार्तिक २९ ।  सिरिया र इराकको विभिन्न भाग कब्जा गरेको इस्लामिक अतिवादी समुह आईएसले विभिन्न अमानवीय कर्तुत गरेको तथ्य सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको रिपोर्टमा आईएसले चुरोट खाएको आरोपमा पक्राउ परेका व्यक्तिको औला काट्ने गरेको छ । यस्तै अनुचित कपडा लगाएको भन्दै महिलाहरुलाई कोर्रा


हान्ने र ढुंगाले हानेर आईएस लडाकुले मार्ने गरेका छन् ।
राष्ट्रसंघको मानवअधिकार जांचकर्ताले यस्तो रिपोर्ट प्रत्यक्षदर्शी र आईएसले सार्वजनिक गरेको भिडियो र फोटोको आधारमा तयार गरेको जनाइएको छ । रिपोर्टमा एक ठूलो संगठित र वर्गीकृत समुह आईएसले दीर्घकालीन उद्धेश्य प्राप्तिका लागि जुनसुकै अमानवीय कार्य गर्न पछि नपर्ने उल्लेख गरिएको छ ।


: http://imagekhabar.com/samachar/detail/43059/28/.shtml#sthash.6OML1O9v.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.