नेपालको मोमो चाख्न ड्रोग्बा र मेस्सीबीच प्रतिस्पर्धा (भिडियो सहित)

चेल्सीका फरवार्ड डिडियर ड्रोग्बा र बार्सिलोनाका सुपरस्टार लायोनेल मेसीबीच एक प्रतिस्पर्धा चल्छ | एक पटक ड्रोग्बालाई पहिलो हुने रहर जाग्यो अनि उनि कुदे विश्वका विभिन्न देशका विभिन्न परिकार चाख्नका लागि |
drogba1
सबैभन्दा पहिले उनि नेपाल आउछन र एउटा रेस्टुरेन्टमा पसेर पलेँटी कसेर बस्छन | अनि ल्याइएको मोमोलाई खानु अघि नमस्ते गर्छन र खान सुरु गर्छन, अनि देख्छन भित्तामा अर्जेन्टिनी खेलाडी मेसीसित हात मिलाएको फोटो | अर्थात् उनीभन्दा पहिले नै मेसी नेपाल आइसकेका हुन्छन |
drogba2
त्यसपछि उनि फेरी लाग्छन जापान, त्यहाँ पनि आफु भन्दा अगाडी मेसीकै फोटो देख्छन अनि फेरी कुद्छन संसारका अन्य देशहरुका परिकार चाख्नका लागि | यी दुई खेलाडीलाई संसारका विभिन्न देशका परिकारहरु चखाउने कम गरेको छ टर्किस एयरलाइन्सले |
drogba3
शुक्रवार मात्रै टर्किस एयरलाइन्सले एउटा नयाँ विज्ञापन सार्वजनिक गरेको छ | चौध नोवेम्बरमा युट्युबमा राखिएको यो विज्ञापन २४ घण्टा नबित्दै साढे नौं लाखले हेरिसकेका छन् । भाइरल हुदै गरेको यो रमाइलो विज्ञापनमा नेपालबाहेक जापान र साइबेरियालगायतका अन्य केहि देशहरुलाई पनि देखाइएको छ।
सबै ठाउँमा मेसीको अटोग्राफसहितको फोटो देखेपछि ड्रोग्बा हैरान हुन्छन । अन्त्यमा विमानभित्रको परिकारमा रमाउँछन् । तर त्यही विमानको बाहिरपट्टी मेस्सीकै फोटो हुन्छ । जहाँ टर्किस एयरलाइन्सको प्रचार गरिएको देख्न सकिन्छ |
www.nepaljapan.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.