हैदराबाद, कार्तिक २४ –भारतका स्टार ब्याटस्म्यान विराट कोहली एकदिवशीय क्रिकेटमा सबैभन्दा चाँडो ६ हजार रन पूरा गर्दै खेलाडी बनेका छन् । श्रीलंका विरुद्धको तेस्रो वानडेमा ५३ रन बनाउँदै कोहलीले यो रेकर्ड बनाएका हुन् । उनले वेस्ट इन्डिजका सर विवियन रिचर्डको रेकर्ड तोडेका हुन् । १४४ औं खेलमा १३६ औं इनिङ खेल्दै कोहलीले उक्त किर्तिमान बनाएका हुन् । रिचर्डले १५६ खेल खेलमा १४१ इनिङ खेल्दै सो रेकर्ड बनाएका थिए । २६ वर्षीय कोहलीले ५१.२९ को औसतले ६००३ रन बनाएका छन् । जसमा २० शतक र ३२ अर्ध शतक सामेल छ । हैदराबादमा भएको खेलमा विराटकी प्रेमिका अनुश्का शर्मा पनि उपस्थित थिइन् । उनले अर्ध शतक बनाएपछि आफ्नो हेल्मेट निकालेर अनुश्कालाई फ्लाइङ किस दिएका थिए । यसअघि भारतको इंग्ल्याण्ड भ्रमणमा पनि अनुश्कासँगै देखिएकी थिइन् ।
- See more at: http://www.ratopati.com/2014/11/10/181387.html#sthash.ZYI8BESQ.acltx5DY.dpuf
स्टेडियममा नै अनुश्कालाई विराटको फ्लाइङ किस (भिडियोसहित)
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses