बच्चा जन्माएर विश्व किर्तिमान

१.एकै पल्ट आठ जीवित बच्चा जन्माउने आमा
8 babies
‘अक्टोमम( एकै पल्ट आठ बच्चा जन्माउने आमा)’ नाम दिइएकी नाड्या डेनाइस डड्–सुलेमान गुटाइरेज अन्तर्राष्ट्रिय जगतमा सबैको ध्यानाकर्षणको केन्द्रबिन्दु बनिन् जब उनले आठ जीवित बच्चाहरुलाई जन्म दिइन् । बेरोजगार सुलेमानका पहिले नै छ बच्चाहरु थिए । इन–भिट्ट्रो फर्टिलाइजेसनबाट बच्चा जन्माएकी सुलेमानको बच्चालाई सरकारले हेर्ने जिम्मेवारी लिएको छ ।
२. ७० वर्षमा जुम्ल्याहा बच्चा जन्माएकी आमा
oldest mother
छोराको तीब्र चाहना रहेका श्रीमान श्रीमतीले ७० वर्ष कटेपछि पनि छोराको चाहना भने मर्न दिएनन् । ७७ वर्ष पुगेका चरन सिंह पनवार र ७० वर्ष पुगेकी ओमकारी पनवारलाई घरको बिडो थाम्ने छोरो चाहिएको थियो । पनवार दम्पतीको दुई छोरी र पाँच नातिनातिनी रहेका छन् । महंगो पर्ने इन–भिट्ट्रो फर्टिलाइजेसनबाट बच्चा जन्माउन पनवार दम्पतीले भैंसी बेचे, जग्गा जमिन धितो राखे, बैंकबाट लोन निकाले र २००८ मा जुम्ल्याहा छोराहरुको आमाबुबा बने ।
३.संसारकी कम उचाई भएकी आमा
smallest mother
अमेरिकामा बस्दै आएकी ४० वर्षीय स्टेसी हेराल्ड संसारको सबैभन्दा होची आमा हुन् । ओस्टियोजिनेसिस् इम्पर्फेक्टा भन्ने रोगबाट ग्रस्त २.४ इन्च उचाई भएकी हेराल्डको ३ बच्चाहरु छन् । उनका श्रीमान विल भने ५.९ इन्च अग्ला छन् । हेराल्डका तीन बच्चा मध्ये दुई बच्चामा बुबाको गुण रहेको छ भने एक बच्चा आमा गुणा जाने डाक्टरहरुले बताएका छन् । आफ्नो बच्चा पनि उचाल्न नसक्ने उनलाई श्रीमानले उचालेर हिड्डुल गराउनु पर्दछ ।
४.लामो अन्तरालमा बच्चा जन्माएकी आमा
baby with longest time interval
एलिजाबेथ एन् बटल संसारको सबैभन्दा लामो अन्तरालमा बच्चा पाउने आमा हुन् । बेल्नडा र जोसेफ नामका बच्चा जन्माएकी एन्ले पहिलो बच्चा १९ वर्षमा र दोस्रो बच्चा ६० वर्षमा जन्माएकी हुन् । बेल्नडा र जोसेफ बीच ४१ वर्ष १ सय ८५ दिनको फरक छ ।
५.संसारको सबैभन्दा सानो बच्चाकी आमा
smallest baby
२००४ मा महाजबिन शैखले २५ हप्ताका जुम्ल्याहा छोरीहरुलाई जन्म दिएकी हुन् । २५ हप्तामा जन्मिएका यी बच्चाहरुको शारीरिक विकास पनि राम्ररी भइसकेको थिएन । रुमाइसा रेहमानको तौल जम्मा २ सय ४३ ग्राम थियो भने उनी मात्र १० इन्चकी थिइन् । अर्की छोरी हिबाको तौल जम्मा ५ सय ६६ ग्राम थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.