एयर होष्टेसलाई चड्कन हानेपछि विमानबाट निकालियो

२८ कात्तिक, एजेन्सी ।
काठमाडौंबाट नयाँ दिल्ली जान लागेको एक विमानमा सवार भारतीय एक पुरुष र उनका परिवारलाई विमानबाट निकालिएको खुलासा भएको छ । ती पुरुषले विमानकी परिचारिका अर्थात एयर होष्ट‍ेसलाई चड्कन हानेपछि यस्तो अवस्था आएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।
man slapping woman
समाचारमा जनाइए अनुसार काठमाडौंबाट दिल्ली जान लागेको स्पाइस जेट एयरवेजको विमानमा सवार ती पुरुष निदाएर सिटबाट खुट्टा बाहिर पसारेका थिए । त्यतिकैमा एक एयर होष्टेसले उनको खुट्टामा धक्का दिएर हटाएपछि उनी उठेर एयर होष्टेसलाई चड्कन दिएको बताइएको छ । 

६२ वर्षीय ती पुरुषले एयर होष्टेसलाई गालामा थप्पड हानेपछि उनका परिवार र विमानका चालक दलका सदस्यबीच निक्कै झगडा भएको थियो ।

विमान कम्पनीले पाइलटले रिसाएर ती पुरुष सहित परिवारका सदस्यलाई विमानबाट धक्काएर निकाल्न आदेश दिएको बताएको छ ।

विमानबाट निकालएपछि ती पुरुषले निक्कै दुःख पाएको समेत समाचारमा जनाइएको छ । विमानमा टिकट नपाएपछि बसको यात्रा गरेर ३० घण्टापछि मात्र दिल्ली पुगेको समाचारमा उल्लेख छ ।

ती पुरुषले आफू विमानमा धेरै समय बसेकाले थकाइ लागेर निदाएको र अन्जानमा खुट्टा सिटबाट बाहिर आउँदा एयर होष्टेसले निर्ममतापूर्वक धक्काएर हटाएको गुनासो गरेका छन् । उनले झगडा गरेपछि आफूले माफी मागेको तर पाइलटले बाहिर निस्कन दवाव दिएको बताएका छन् ।

उनले विमान कम्पनीसँग क्षमा र क्षतिपुर्ति समेत माग गरेको समाचारमा उल्लेख छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-14-11-13-27.html#sthash.NI4eVoBG.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.