इन्टरनेट स्पिडमा भारतभन्दा नेपाल अगाडी

काठमाडौं । 
इन्टरनेट डाउनलोड स्पिडमा भारतभन्दा नेपाल अगाडि देखिएको छ । ओक्लास नेट इन्डेक्सका अनुसार इन्टरनेटको स्पिडमा नेपाल, भुटान । जिम्वाबेपछि भारत रहेको छ ।
internet-speed
भारतको इन्टरनेटको पूर्वाधार निर्माणले गति लिएको भए पनि यसको व्यन्डविथको गति भने अझै पनि भुटान, कम्बोडिया, नेपाल नाइजेरिया, लाओस र जिम्बाबेभन्दा पछि रहेको उक्त प्रतिवेदनले उल्लेख  गरेको छ ।

इन्टरनेटको ग्लोबल र्याङकिङले देखाएको तथ्यांकलाई उल्लेख गर्दै ओक्लास नेट इन्डेक्सले जनाएअनुसार भारतको औसत डाउनलोड स्पिड ४.१८ एमबीपिएस छ । यो वेबसाइटले भारतको इन्टरनेटको ग्लोबल र्याङकिङ एक सय ३० औं स्थानमा रहेको औल्याएको छ ।

यस्तो इन्टरनेटको गतिमा नेपालको डाउनलोड स्पिड औसतमा ४.९२ रहेको देखिएको छ । विश्वको इन्टरनेट गतिको तालिकाको एक सय २९ औं स्थानमा नेपाल रहेको छ भने भारत एक सय ३२ औं स्थानमा रहेको उल्लेख छ ।

 http://nepaliheadlines.com/2014-11-11-02-39-52.html#sthash.K02Mi3QS.7U5RPbCy.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.