इजरायलको राजधानी जेरुशलेममा शक्तिशाली वम विस्फोट , ५ को मृत्यू , ८ घाईते

मंगलवार विहान इजरायलको राजधानी जेरुशलेममा एउटा शक्तिशाली वम विस्फोटमा परी  ५ जनाको ज्यान गएको छ भने अन्य ८ जना घाइते  भएका छन् जसमध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । उक्त विस्फोटको हालसम्म कुनै समुहले जिम्मेवारी नलिएको समाचारमा जनाईएको छ ।  

 इजरायलीसंचार माध्याममा जनाईए अनुसार,   पूर्वी जेरुशलेमवाट आएका २  आतंकवादीहरु चक्कु र पेस्तोलसहित वेतकेनेसेट ( यहुदीहरूको प्राथना गर्ने स्थल )  र रव्निकल धार्मिक स्कुलमा प्रवेश गरी  उत्त क्षेत्रमा आक्रमण गरेका थिए । सोही समयमा फायरिङ गर्दै घटनास्थल पुगेका इजरायलप्रहरीद्वारा ति आतंकवादीहरु मारिएका थिए ।  इजरायलको जेरूशलेम जिल्लाका प्रहरी प्रमुख मोसे एड्री आतंकवादीको आक्रमणवाट गम्भिर घाईते भएको जनाईएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.