यसरी बन्नुहोस् महिलाको प्यारो.........


                                    download

कतिपय पुरुषलाई महिलासँग कसरी कुराकानी गर्ने र व्यवहार गर्ने भन्ने कुराले निकै सताउँछ । त्यसैले कतिपय बेला उनीहरुको व्यवहारले बुझाइमा समस्या ल्याउँछ । केही मनोबैज्ञानिक तथ्यमा ध्यान दिने हो भने यो गाह्रो कुराचाहिँ होइन । केही टिप्सः १. भावनाका विषयमा कुरा गर्नुहोस् । जस्तै,बाल्यकालका सम्झनाहरु ,भविष्यको रुचिहरु,इच्छाहरु आदिबारे कुरा गर्नुभयो भने उनीहरु खुलेर कुरा गर्न रुचाउँछन् । २. उनीहरुले तपाईंहरु प्रति गरेको व्यवहारको ख्याल गर्नुहोस् । यदि तपाईं उनीहरुको नजिकै उभिनुभएको छ भने अप्ठ्यारो महसुस गरेका हुन सक्छन् । ३. कहिलेकाहिँ जिस्काउने गर्नुहोस् । तर वरिपरिको वातावरण,परिस्थिती र मुड विचार गर्नुहोस् । यसले वातावरण रमाइलो त बन्छ नै उनीहरुको ज्यादै नजिक हुन पनि बल पुर्याउँछ । त्यसपछि कुरा गर्न पनि सजिलो हुन्छ । ४. उनीहरुसँग नजिकको व्यवहार गर्नुहोस् । महिलाहरु आफ्नोबारे धारणा सुन्न रुचाउँछन् । उनीहरुकाबारे तपाईंले केही थाहा पाउनुभयो,त्यसबारे कुरा गर्नुहोस् । ५. महिलाहरुसँग उनीहरुलाई दिक्क र झर्को लाग्ने कुरा नगर्नुहोस् । बरु आफ्नो विचार व्यक्त गर्नुहोस् । ६. प्रश्न गर्दा ठाडो तरिकाले होइन,नम्र र केही घुमाउरो तरिकाले सोध्नुहोस् । ७.आफ्नो परिचय नलुकाउनुहोस् । काम,इच्छा र विचारका बारे खुलेर कुरा गर्नुहोस् । ८. उनीहरुका शारीरिक बनावट वा आँखाका हेराइ आदिका बारेमा मात्रै कुरा नगर्नुहोस् । ९. सम्पूर्ण रुपमा नियन्त्रित हुँदा कहिलेकाहीँ साथीको भन्दा माथिको सम्बन्धमा तपाईं आफैं बाधक बन्नुभएको हुन सक्छ । त्यसैले त्यसबारे उनीहरुको धारणा बुझ्नुहोस् र आफ्नो धारणा राख्नुहोस् । नयाँपत्रिका दैनिकबाट ।

 http://www.ratopati.com/2014/11/11/181460.html#sthash.svDFgrS3.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.