प्रेम बन्यो अपराधको कारण

 आत्महत्या गर्ने युगल जोडी बढ्दै 
 
विराटनगर : झापाको तोपगाछीमा शुक्रबार साँझ एक प्रेमी जोडीले विष खाए । रतुवामाई वनक्षेत्र गई विष खाँदा प्रेमीको तत्कालै मृत्यु हुन पुग्यो । प्रेमिकाको गम्भीर अवस्थामा धरानस्थित वीपी कोईराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
 
विषको पीडा सहन नसकेपछि प्रेमिका छट्पटाउँदै जङ्गल बाहिर निस्केकी थिइन् । विषले छट्पटाएकी उनैले ‘मैले मात्र होइन, उहाँले पनि खानु भएको छ’ भन्दै चिच्याइन् । घटनास्थलमा गाउँले पुग्दा प्रेमीको प्राण पखेरु उडिसकेको थियो । 
 
इलामको चुलाचुली गाविसस्थित बाह्रकोठे घर भई दमक–१३ मा डेरा बस्ने १५ वर्षीय यादव कुमाल र प्रेमिकाले एकैसाथ विष खाई आत्महत्या प्रयास गरेका थिए । प्रारम्भीक अनुसन्धानबाट यही खुलेको प्रहरीको भनाइ छ ।
 
प्रेमील जोडी विष खान पुगेका थिए । शुक्रबार साँझको यो घटनामा उनीहरुले किटनाशक विषादी खाएको खुल्न आएको छ । उनी कक्षा– १० मा पढ्दै गरेकी झापा शान्तिनगरकी किशोरी पे्रमिका भने दमक–१० मा डेरा गरी बस्छिन् । 
 
आत्महत्या अपराध मानिए पनि पछिल्लो समय पूर्वमा प्रेम नै अपराधको कारक बन्दैछ । युवायुवतीबीच एकोहोरो या दोहोरो प्रेम असफल हुने अवस्था आए दुबैले सँगै आत्महत्या क्रम बढ्दो छ । 
गत जेठमा पनि झापाको सतासीधाम–५ मा यस्तै घटनाले चर्चा पायो । त्यो घटना पनि प्रेमी जोडीले नै निम्त्याएका थिए । युवतीका अभिभावकले दबाब दिएर प्रेम तोड्न भनेको तीन दिनमै युवतीले सलको पासो लगाएर आत्महत्या गरिन् । 
 
पे्रमिकाले मृत्युवरण गरी आफूप्रति देखाएको समर्पणबाट विह्वल प्रेमी सरोज विकले पनि त्यही दिन आत्महत्या प्रयास गरे । झुण्डेर छटपटाईरहेका उनको गलामा कस्सिएको पासो गाउँलेले काटेर बचाए । त्यसअघि झापाको दमक–१५ मा प्रेम सम्बन्धसँग जोडिएको विषयले युवायुवतीकै निधन भयो । दुवैजना कोठाभित्र जलेको अवस्थामा फेला परे । उनीहरु एकै चिहान भए । 
 
प्रहरीले घटनाको कारण प्रेम सम्बन्ध र त्यसमा आएको उतारचढाव भएको ठहर गरेको छ । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा एउटा पक्षका अभिभावकले अस्वीकार गर्दाको परिणाम दुबैले आफैंलाई आगो लगाएर जलाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
 
सानो उमेरमा गरेको प्रेम परिवारले अस्वीकार गर्नु र समाजमा बढ्दो बिलाशीताको परिपूर्ति गर्न नसक्नु आत्महत्याको कारक रहेका पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक केदार खनाल बताउँछन् । ‘पारिवारिक अवस्था, डिप्रेसन र हाडनाता सम्बन्धले पनि आत्महत्या गर्ने बढेका छन्’, खनालले भने, ‘सम्बन्धमा जातीय विभेद पनि अर्को कारण हो ।’ 
 
अधिवक्ता जगत थापा सम्बन्धमा आउने उतारचढावले युवायुवतीमा निराशा बढ्दा आत्महत्या गर्ने क्रम बढेको बताए । ‘प्रेम, उमेर र कर्तव्यबारे युवापुस्तालाई नैतिक शिक्षा दिन आवश्यक भइसक्यो’, उनले भने ।  


 http://annapurnapost.com/News.aspx/story/2074#sthash.JszIeYgc.bKcaqt2a.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.