के बुवा बन्दैछन् धोनी ? महिला डाक्टरसँग भेटघाटमा व्यस्त छिन् साक्षी

Dhoni-Sakshiभारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनी चाँडै नै बुवा बन्न लागेको खबर मिडियामा छाएको छ । यदि स्रोतलाई मान्ने हो भने धोनी र उनकी श्रीमती साक्षी उनीहरुको पहिलो सन्तानको आगमनको तयारीमा छन् ।   स्रोतको दाबी अनुसार साक्षी चार महिनाकी गर्भवती छिन् । स्मरण रहोस्, गत अप्रीलमा पनि साक्षी गर्भवती भएको खबर आएको थियो तर साक्षीले आफू गर्भवती भएको समाचार निराधार रहेको बताएकी थिइन् ।   २७ वर्षीय साक्षी अहिले दिल्लीको वसन्त कुञ्जस्थित हस्पिटलमा महिला डाक्टरहरुको सम्पर्कमा रहेको बताइएको छ । उनी नियमित उपचारको लागि उक्त हस्पिटलमा जाने गरेको समाचारमा उल्लेख छ ।   स्रोत भन्छ, ‘धोनी अहिले आफ्नी श्रीमतीमाथि थुप्रै उपहारहरुको वर्षा गरिरहेका छन् र उनलाई खुसी पार्न आफूले सक्दो प्रयास गरिरहेका छन् । ’ यद्यपी उनीहरु यो विषयमा अहिले कसैसँग पनि कुरा गर्न नचाहेको बताइएको छ ।       धोनीले आफ्नी पुरानो साथी साक्षी रावतसँग सन् २०१० को जुलाई ४ मा विवाह गरेका थिए । त्यतिबेला साक्षी होटल म्यानेजमेन्टकी विद्यार्थी थिइन् । (एजेन्सी) 





www.ratopati.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.