हिमानी शाह पारस आउने भए बैंकक लिन जाने

काठमाडौं,असोज ३० – गाँजासहित पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल फर्काउन उनकी बहिनी (काकाकी छोरी) सीताष्मा मंगलबार थाइल्यान्ड गएकी छन् । सीताष्मा पूर्वअधिकारकुमार धीरेन्द्रकी माइली छोरी हुन् । पारसलाई धरौटीमा रिहा गर्न सीताष्माले पूर्वराजा ज्ञानेन्द्रबाट थप रकम लिएर गएको स्रोतले जनाएको छ । तीन दिनअघि पारसका पूर्वसहयोगी राजेश पनि निर्मलनिवासबाट पैसा लिएर बैंकक गएका थिए । थाई अदालतले पारसलाई १२ दिन थुनामा राख्न आदेश दिएको छ । थाइल्यान्डमा रहेका नेपालीका सहयोगमा सीताष्माले उनलाई धरौटीमा रिहा गराउने प्रयास गर्नेछिन् । यसैबीच, सीताष्माले पारसलाई तिहारमा उतै टिका लगाइदिने र पारस आउने भए लिन हिमानीसमेत बैंकक जाने बताइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.