चीनसँग युद्दको तयारी गर्दै अमेरिका

काठमाडौं,असोज ३० – पछिल्लो समय अमेरिका र चीनले बारम्बार वार्ताको मुद्दा उठाएका छन् । दुई देशका नेताको भेटघाट पनि बढेको छ । उनीहरुले वार्ताका माध्यमबाट शान्ति र विकासका मुद्दाहरु उठाएका छन् । तर,यो देखाउनका लागि मात्र रहेछ । अमेरिकाले चीनसँग युद्ध गर्ने योजना बनाइरहेको खुलेको छ । युद्दको आवश्यक प्रबन्धका लागि अमेरिकी सैनिक युद्दाभ्यासमा रहेको बिबिसीका पत्रकार रुपर्ट विङफिल्ड हायेसले खुलासा गरेका छन् । हायेसले अमेरिकी नौसेनाले युद्दाभ्यास गरिरहेको र आवश्यक परेमा चीनसँग युद्द गर्न तयार रहेको बताएका छन् । अमेरिकी सैन्य जहाजमा अन्यन्ज्तै कम मानिसले यात्रा गर्न पाउँछन् । केही दिनअघि हायेसले त्यो अबसर पाएछन् । त्यही यात्राका क्रममा उनलाई अमेरिकी युद्दाभ्यासबारे थाहा भएको उनले बिबिसीको अनलाइन संस्करणमा लेखेका छन् । केही समयअघि चीनले आफ्नो हवाई क्षेत्रमा स्याटालाइट सञ्चारलाई निषेध गर्नसक्ने जानकारी आएको थियो । यो खबर आएपछि कुनै सञ्चारविना पनि युद्धका लागि अमेरिकी सेनाले अभ्यास गरिरहेको खुलेको छ । यो युद्दाभ्यास २ सयभन्दा धेरै एयरक्राफ्टको प्रयोग भएको बिबिसीका पत्रकारले खोलेका छन् । उनले अमेरिकी सेनाले यो युद्धाभ्यासलाई ‘हवाई समुन्द्री युद्ध’ नाम दिएको पनि जनाएका छन् । पछिल्लो समय चीन र जापनबीच बढ्दो सामुद्रिक टापु विवादलाई लिएर अमेरिकाले यो अभ्यास थप सशक्त बनाएको विश्लेषण छ । अहिले जापानको नियन्त्रणमा रहेको सेनकाकु टापुबारे चीन र जापानबीच विवाद बढेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.