सुकुम्बासीले जग्गा पौने भए

कञ्चनपुर, आश्विन ३० । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सुकुम्बासी समस्या समाधान आयोग खारेजीको माग गरिरहेको बेला कञ्चनपुरमा भने भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारसँग आवेदन लिन थालिएको छ ।
गत भदौमा गठित आयोगले दुई सातासम्म सरकारी तथा गैर सरकारी निकायसंग छलफल गरी आवेदन लिन थालेको हो । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित जग्गा समाधानका लागि पहिलो चरणमा निवेदन संकलन गर्न थालिएको आयोगकी अध्यक्ष भुवनेश्वरी रावलले बताइन ।
निवेदनबारे छलफल गरी जग्गा प्रदान गरिने योजना आयोगको छ । अहिलेसम्म करिव ३ सय जनाले आवेदन दिएका छन् ।
आयोगले अव्यवस्थित जग्गाको पूर्जा बनाई दिने, भूमिहीन र सुकुम्बासीलाई सहरी क्षेत्रमा १२ धुर र ग्रामीण क्षेत्रमा १ कट्टा १० धुरसम्म जग्गा निःशुल्क रुपमा उपलब्ध गराइने बताएको छ ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.