अन्तर्वार्तामा अनुत्तीर्ण पनि मावि शिक्षकमा नियुक्त

बारा,असोज ३० – माध्यामिक तहको नेपाली विषय शिक्षकका लागि स्थायी पदपूर्ति गर्न सञ्चालित अन्तर्वार्तामा अनुत्तीर्णलाई बाराको एक विद्यालयमा नियुक्त गरेको पाइएको छ । महिला कोटाको अन्तर्वार्ता परीक्षाामा अनुत्तीर्ण सीता अधिकारीले बाराको कलैयास्थित चन्दादेवी माध्यामिक विद्यालयमा नियुक्ति पाएकी हुन् । शिक्षक सेवा आयोगले लिखित र अन्तर्वार्तामा उत्तीर्ण गीता कोइरालालाई सिफारिस नगरी अनुत्तीर्ण अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो । कोइरालाले भने आयोगको बदमासीले आफूलाई अन्याय भएको बताएकी छन् । उनले यस विषयमा गम्भीर छानविन हुनुपर्ने माग राखेकी छन् । ‘म लिखित र अन्तर्वार्ता दुवैतर्फ पास भएको लिष्टमा छु,’ गीताले भनिन्, ‘तर, आयोगले फेल भएकी सीता अधिकारीलाई माध्यामिक तहमा नियुक्त गर्न सिफारिस गर्यो ।’ आयोगले कुनै सूचना प्रकाशित नगरी आफ्नो स्थानमा अधिकारीलाई नियुक्तिका लागि सिफारिस गरेको उनको भनाई छ । आयोगले बाराका लागि नेपाली विषयमा माध्यामिक तहतर्फ महिला कोटाको लागि सञ्चालन गरेको लिखित परीक्षामा सीता अधिकारी, गुञ्जाकुमारी गुप्ता र गीता कोइराला उत्तीर्ण भएका थिए । अन्तर्वार्ताको नतिजामा आयोगले गुप्ताको नाम सिफारिस गर्यो । कोइराला वैकल्पिकमा छानिइन् ।आजको नागरिक दैनिकमा खबर छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.