दुनियाँका सबैभन्दा मूल्यवान पदार्थ

 विश्वमा यस्ता पदार्थहरु छन् जो सुनभन्दा कैयौँ गुणा बढि महंगा छन् । केही खानेकुरा देखि लिएर क्रिम र पत्थरहरु यतिधेरै महंगा छन् जसको सानो भन्दा सानो अंश किन्ने कुरा समेत सामान्य  मानिसले सोँच्न सक्दैन ।
 विश्वका सबैभन्दा महंगा १९ वटा पदार्थ यस्ता छन्-

१. एन्टी म्याटर-
 यो यस्तो पदार्थ हो जुन एन्टीपार्टिकल अर्थात विपरित कणबाट बनेको हुन्छ । यस्तो पार्टिकलको पिण्ड सामान्य पदार्थकै जस्तो हुन्छ तर चार्ज भने विपरित हुन्छ । यो पदार्थको मूल्य एक ग्रामको १० खर्ब डलर पर्छ । वैज्ञानिकहरुले यसलाई भविष्यमा अन्तरीक्षयानको इन्धनको रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।
२.क्यालिफोर्नियम २५२-
 क्यालिफोर्नियम तत्वको एक आइसोटोपको रुपमा रहेको यो पदार्थको मूल्य एक ग्रामको २ करोड ७० लाख डलर पर्दछ । यसले पानी र तेलबीचको तह छुट्टाउने काम गर्छ ।
३. पेइनाइट-
 यसको मूल्य प्रति ग्राम ३ लाख डलर पर्छ । यो सबैभन्दा दुर्लभ पत्थर हो ।
४. हिरा-
 यो सबैले सुने जानेकै बहुमुल्य पत्थर हो । यसको मूल्य एक ग्रामको ६५ हजार डलर सम्म पर्छ ।
५. ट्राइटियम-
 यसको मूल्य प्रतिग्राम ३० हजार डलर सम्म पर्छ र यसको प्रयोग ठूला होटेल, भवनहरुको गेटमा संकेत सूचक चम्किने पदार्थको रुपमा गरिन्छ ।
६. टाफेइट-
 यसको मूल्य प्रतिग्राम २० हजार डलर सम्म पर्छ । यसलार्य पनि गहनामा पत्थरकै रुपमा प्रयोग गरिन्छ ।
७. प्लुटोयिनम-
 यसको मूल्य एक ग्रामको झण्डै ४ हजार डलर पर्छ । यसको प्रयोग खासगरी आणविक उर्जा उत्पादन तथा हतियार निर्माणमा हुन्छ ।
८. एलएसडी-
 यसको मणिभलाई प्रतिग्राम ३ हजार डलर पर्छ ।
९. क्रयाक कोकाइन-
 यसको मूलय ६ हजार प्रतिग्राम सम्म पर्छ । यो एक प्रकारको लागु औषध हो ।
१०. मेथाफेटामाइन-
 यसको मूल्य प्रतिग्राम १२० डलर सम्म पर्छ । यसको प्रयोग पनि लागु औषधकै रपमा गरिन्छ ।
११. हेरोइन-
उच्चस्तरको हेरोइनको मूल्य ११० डलर प्रतिग्राम सम्म पर्छ ।
१२. क्रिम डे ला मेर-
 यो विश्वको सबैभन्दा महंगो क्रिम हो । यसको मूल्य प्रतिग्राम ७० डलर पर्छ ।
१३. गैँडाको खाग-
गैँडाको खाग निकै मूल्यवान हुन्छ र प्रतिग्रामको ५५ डलर सम्म पर्दछ । यसलाई विभिन्न औषधिय प्रयोजनका लागि प्रयो गरिन्छ ।
१४. प्लाटिनम-
 प्लाटिनमलाई क्यान्सर प्रतिरोधी औषधि निर्माणका साथै गरगहना तथा वैज्ञानिक प्रयोगमा समेत उपयोग गरिन्छ । यसको मूल्य एक ग्रामको ४८ डलर पर्छ ।
१५. रोडियम-
 कार्वन उत्सर्जन कम गर्ने पदार्थको रुप्मा इन्जिनमा समेत प्रयोग गरिने यो तत्वको मूल्इ प्रतिग्राम ४५ डलर पर्दछ ।
१६. सुन-
मूल्यका हिसाबले सुन विश्वको १६ औँ मूल्यवान पदार्थमा पर्दछ । गहना मात्र नभै अन्य विभिन्न विद्युतिय प्रयोजनमा समेत प्रयोग हुने सुनको मूल्य एक ग्रामको झण्डै ४० डलर पर्दछ ।
१७. इरानी बेलुगा काभियार-
 अल्मास समेत भनिने यो बहुमुल्य माछाको अण्डा हो । यी अण्डा निकै स्वादिष्ट मानेर खाइन्छ र यसको मूल्इ प्रतिग्राम ३५ डलर पर्छ ।
१८. स्याफ्रोन-
यो विश्वको सबैभन्दा महंगो फूल हो । औषधी निर्माणमा प्रयोग गरिने यो फूलको मूल्य प्रति ग्राम ११.१३ डलर पर्छ ।
 १९. ह्वाइट ट्रफल्स-
यो विश्वको सबैभनदा महंगो च्याउ हो । यसको मूल्य एक ग्रामको ५ डलर पर्छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.