परिणितीलाई प्रेमी चाहियो

बलिउड अभिनेत्री परिणीति चोपडालाइ प्रेमी चाहिएको छ । उनले आफ्नो प्रेमी हुन चाहनेहरुमा केही गुण हुनैपर्ने बताएकी छिन् । उनको भनाई अनुसार उनको प्रेमी हुन चाहनेले चौबिसै घण्टा उनलाई साथ दिनुपर्छ ।

‘म यस्तो ब्यक्तिलाइ प्रेमी बनाउन चाहन्छु, जसले मलाई छिन छिनमा फोन गरेर हाल खबर सोधोस्, म सहभागी हुनुपर्ने कार्यक्रमको वारेमा मैले भन्दा पहिला उसैले जानकारी राखोस् ।’ उनले भनेकी छिन् ।
अहिलेसम्म आफ्नो कसैसँग पनि अफेयर नभएको दाबी गर्ने परिणीतिले आदित्य राय कपुरसँग कुनै सम्बन्ध नभएको दाबी गरिन् । जुन हिरोसँग काम गर्‍यो त्यहि हिरोसँग आफ्नो नाम जोडिदा दुख लाग्ने बताइन् ।
‘मलाई अचम्म लाग्छ हाम्रा मिडियाहरु जोसँग काम गर्‍यो उसैको नाम जोडिदिन्छन् , त्यस्तो देख्दा मलाई दुख लाग्छ ।’

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.