छोराको हेरचाहमा अजिंगर

 चीनमा एक परिवारले आफ्नो १३ वर्षे छोराको हेरचाहका लागि घरमा १५ फिट लामो अजंगको अजिंगर पालेको छ ।

दक्षिणी चीनको डोंगुआनका चीन लिउले आफ्नो १३ वर्षे छोरा आजेको हेरचाहका लागि २२० पाउण्ड तौलको बर्मेली अजिंगर घरमा पालेका छन् भन्ने सुन्दा सबैलाई अचम्म लाग्छ । त्यो अजिंगर आजेको निकै मिल्ने साथी पनि बनेको छ । आजेले अजिंगरलाई अँगालो हाल्छन्, सुम्सुमाउँछन् र चुम्बन पनि गर्छन् । अजिंगर पनि ती बालकको वरीपरी लुटपुटिन्छ र कहिले बिस्तारै सरीरमा गुडुल्किन्छ । आफु गुडुल्किदा आजेलाई दबाब नपरोस् भन्ने कुरामा अजिंगर निकै सतर्क हुने गरेको बताइन्छ ।

आजे ६ वर्षको छँदा चानले घरमा उक्त अजिंगर ल्याएका थिए । चान सर्प पृथ्वीको सबैभन्दा सुन्दर प्राणी रहेको भन्दै अजिंगर र आफ्नो छोरा सँगै भएको देख्दा आफुलाई निकै रमाइलो लाग्ने बताउँछन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.