को को डन वान्टेड ?

काठमाडौं– गुण्डागर्दीका नाइके दिनेश अधिकारी ‘चरी’ को इन्कान्टरपछि राजधानीका अन्य गुण्डाहरु राजधानी छाड्न थालेका छन् । गुण्डागर्दीविरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत भएपछि व्यापारी धम्काएर मस्ती गर्दै आएकाहरुको भागाभाग भएको हो ।

खासगरी प्रहरी सूचिमा वान्टेड रहेकाहरुको सात्तो गएको छ । करिब आधा दर्जन गुण्डाका नाइकेहरु प्रहरीको वान्टेड सूचिमा छन् । ललितपुरका डन मिनकृष्ण महर्जनलाई गोली हानेको घटनामा समिर केसी फरार छन् । सोही घटनामा रमेश बाहुनका सहयोगी दुर्गे भनिने दुर्गा राई समेत प्रहरीको मोष्ट वान्टेड सूचिमा छन् ।

त्यस्तै गरी चरी निकट पञ्चे लामा र दावा लामालाई पनि सुट एट साइटको आदेश प्रहरीले पाएको छ । गत वर्षमात्र जेलबाट छुटेको टासी लामा अर्का वान्टेड गुण्डाका नाइके हुन् । पछिल्लो समय उनले व्यापारीलाई अपहरण गरेर पैसा असुल्दै आएका छन् ।

चरीको इन्कान्टरपछि ठूला डनहरु भागिसकेका छन् भने टोलेहरु पनि तर्सिएका छन् । विभिन्न मुद्दामा वान्टेडहरुले उपत्यका छाडिसकेका छन् ।

ठुला डनहरु दीपक मनाङे, गणेश लामा, राजु गोर्खाली, मिलन चक्रे, कुमार घैंटे, साजन महर्जन, बाघे लामा, माइला लामा, रोज राणा, मिनकृष्ण महर्जन, बिश्वक्रान्तिहरु डराएका छन् । सुध्रिएको बताएपछि पछिल्लो समय पनि उनीहरुले गोप्य रुपमा व्यापारीलाई धम्काउने काम छाडेका थिएनन् ।

सम्पती शुद्धीकरण मुद्दाबाट छुटेपछि मनाङे व्यापारमै केन्द्रीत छन् । ठमेलमा उनको राज अझ कायमै छ । ठमेलमा विभिन्न रेष्टुरेन्टमा लगानी गरेका उनको हेटौंडामा क्रसर तथा नवलपरासीमा जडिबुटीसम्म व्यवसाय छ । केही समय राजनीतिमा लागेपनि पछिल्लो सयम उनी त्यती सक्रिय छैनन् । रमेश खरेलले सार्वजनिक मुद्दामा उनलाई चार साता थुनामा राखेका थिए ।

त्यस्तै गणेश लामाको अधिकांश समय कान्तिपथको माउन्टेन होटलमा बित्ने गरेको छ । उक्त होटल उनकै हो । धुलिखेलमा पनि एक रिसोर्टमा उनको लगानी रहेको बताइन्छ । साथीहरुको नामको कम्पनीबाट ठेक्काको सेटिङ मिलाउने गरेका छन् । प्रहरी आक्रामक बनेपछि धम्की र झैझगडाबाट डराइसकेका छन् । काभ्रेली समूहका थोरै व्यक्तिहरु मात्र उनीसँग रहेको बताइन्छ । पछिल्लो समय बिजय गच्छेदारसँग पनि उनको राम्रो सम्बन्ध छैन । बुबा पाल्साङ लामालाई समानुपातिकतर्फबाट सभासद् बनाउने लबिङमा लाग्दा गच्छेदारले मोटो रकम मागेपछि उनी पार्टी परिवर्तनको तयारीमा छन् ।

त्यस्तै कांग्रेस निकट डनका रुपमा चिनिने कुमार घैंटे सामाखुशी क्षेत्रमा विभिन्न व्यापार गर्दै आएका छन् । कांग्रेस नेता अर्जुन नरसिंह केसी र केही प्रहरी अधिकारीहरुसँगको उनको राम्रो सम्बन्ध छ । त्यसकारण सानो तिनो गल्तीमा उनी पक्राउ पर्ने गरेका छैनन् ।

दुई वर्षअघि युवासंघमा प्रबेश गरेका साजन महर्जन पद नपाएपछि एमालेमा सक्रिय छैनन् । निर्माण सामाग्रिको व्यवसाय चलाएर बसेका छन् । चीनबाट रेडिमेड सामान आयातको व्यवसाय पनि उनले गर्दै आएको बताइन्छ ।

त्यस्तै नुवाकोटका कांग्रेस नेताहरुसँगको छत्रछायामा अनेक धन्दा गर्दै आएका बालाजुका माइला लामा सो क्षेत्रका ठेक्कापट्टामै केन्द्रीत छन् । फोहोरको ठेक्का समेत उनले नै लिँदै आएका छन् । सोही विवादमा केही महिना अघि उनी पक्राउ परेपछि कांग्रेस नेताहरुको दबाबमा बालाजुकी डिएसपी गंगा पन्तले एक सातामै छाडिदिएकी थिइन् ।

ललितपुरका मिनकृष्ण महर्जनको पनि प्रमुख काम ठेक्कापट्टा नै हो । ललितपुरको चापागाउँ क्षेत्रमा संचालिन ढुङगाखानीमा उनको लगानी छ । ललितपुरका सरकारी ठेक्कामा उनको दबदबा छ । सडक ठेक्काको कमिसन नमिल्दा नै रमेश बाहुनसँगको उनको झगडा भएको थियो । त्यही झगडाको क्रममा बाहुनले उनलाई गोली हानेका थिए । गत असार १० गते पक्राउ परेका बाहुन डिल्लिबजार जेलमा छन् ।

रमेश बाहुन र दिनेश अधिकारी चरीसँग राम्रो सम्बन्ध भएका रोज राणा पनि पछिल्लो समय प्रहरीसँग डराएका छन् । जेल परेपछि पनि बाहुनसँग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ । चरीको हत्यासँगै उनै भूमिगत भएका छन् ।

त्यस्तै कुमार घैंटे टिमका समिरमानसिंह बस्नेत दुई साताअघि कालिमाटी वृत्तको हिरासतबाट छुटेका छन् । चरीको ‘जाने दुश्मन’ राधे भण्डारीसँग उनको दोस्ती छ ।

जेलबाट छुटेपछि राजु गोर्खालीले जय नेपाल हलको छेउमा तथा चाबहीलमा रेष्टुरेन्ट चलाउदै आएका छन् । महिनादिन अगाडि मात्र जेलबाट छुटेका मिलन चक्रेको कुमार घैंटेसँग दुश्मनी छ । चरीलाई लगाएर घैंटेलाई आक्रमण गर्ने योजना बनएका उनी चरी नै मारिएपछि डराएका छन् । उनका भाई तेजेन्द्र लिम्बु लगायतको समूहले पछिल्लो समय पनि महाराजगंज क्षेत्रमा नियमित असुली गर्दै आएको बताइन्छ । जेलबाट छुटेपछि १०/२० हजार खर्च गरेर छवी सुधार्न सामाजिक काममा लाग्ने तयारीमा छन् ।

यस्तो थियो राधे चरी दुश्ममी
गत वर्ष २३ असारमा आफुमाथि गोली प्रहारको रिस फेर्न डन दिनेश अधिकारी ‘चरी’ले राधे भण्डारीलाई १४ पुसमा तरवारले आक्रमण गरी गम्भीर घाइते बनाएका थिए । आफुलाई आक्रमण गरेलगत्तै सार्वजनिक रुपमा राधेलाई नछोड्ने बताएका चरीले करिब पाँच महिनापछि त्यसको प्रतिशोध लिएका थिए । त्यही बेलादेखि चरी भूमिगत थिए ।

चरीको दुश्मनी यतीबेला राधेसँग मात्र होइन राजधानीका अर्का डन कुमार घैटैंसँग पनि थियो ।   घैंटेको निर्देशनमा उनका सहयोगीहरुले पुसको पहिलो साता चरीलाई सोह्रखुट्टेमा आक्रमणको योजना बनाएका थिए । त्यसमा उनीहरु सफल हुन सकेनन्, त्यसको हप्ता दिनमै चरी भने राधेलाई तरवार आक्रमण गरी प्रतिशोध लिन सफल भए ।

ठेकदार बिनोद श्रेष्ठको भोजबाट निस्कने क्रममा भण्डारीमाथि चरीको नेतृत्वमा गएको समूहले आक्रमण गरेको हो । तरवारको आक्रमणबाट भण्डारीको डाढ र खुट्टामा गम्भीर चोट लागेको थियो।

पार्टी प्यालेसको अगाडि कुरेर बसेको चरीको समूहले भण्डारीलाई लखेटेर तरवारले आक्रमण गरेका हुन् । भण्डारीका साथी बिनोद तिमल्सिनालाई भगाएर उनीमाथि आक्रमण भएको थियो । चार वटा मोटरसाइकलमा रहेको समूहले भण्डारीमाथि आक्रमण गरेका थिए ।

धादिङबाट फर्कने क्रममा राधेको समूहले चरीको गाडिलाई रोकी नैकापमा आक्रमण गरेका थिए । चरीलाई गोली हानिएकोमा उनको पाखुरामा गोली लागेको थियो । ‘

महानगरीय प्रहरी अपराध महाशाखाले चरीका दुई सहयोगी जयराम बानिया र राजु श्रेष्ठलाई  पक्राउ गरेको थियो ।  त्यसबेला छुटेका उनीहरु पछि फेरी अपरहण मुद्दामा जेल गएका थिए ।

 चरी र राधेको समूहबीच लामो समयदेखि ‘ग्याङवार’ चल्दै आएको थियो । चरीमाथि   आक्रमण भएको करिब महिना दिन अघि राधेका भाईमाथि चरीको समूहले आक्रमण गरेको थियो । त्यसभन्दा अघि पनि उनीहरुबीच पटक पटक झगडा हुदै आएको छ ।

चरी एमालेमा आबद्ध थिए भने राधे कांग्रेसमा आबद्ध छन् । एक समय उनीहरु एउटै समूहमा थिए । चरी पनि पहिला कांग्रेसमै थिए । उनी एमालेमा लागेपछि दुईबीचको दुरी बढी दुश्मनी सुरु भएको हो । चरी हाल एमालेको क्षेत्रीय उपाध्यक्ष समेत भएका थिए । चरीको कांग्रेस निकट डन कुमार घैंटेको समूहबीच पनि दुश्मनी थियो ।

पछिल्लो समय पनि चरी घैंटेको समूहलाई आक्रमणको तयारीमा थिए । ‘राजधानीमा ग्याङवार बढ्न लागेको सूचनाकै आधारमा इन्काउन्टर गरिएको हो,’ महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारी भन्छन्,‘ग्याङवार गर्ने अब कोही बाँकी रहदैनन्, सुट एट साइटको स्पष्ट निर्देशन माथिबाट आइसकेको छ ।’

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.