जुवा खेलेर करोडपति

काठमाडौं– २०६४ सालमा प्रहरीले मध्यबानेश्वरको मेचम्ची खानेपानी कार्यालयको अगाडि एक जुवाघरमा छापा हान्यो । १८ लाख रुपैयाँसहित दर्जन जुवाडेहरु समातिए । त्यसमध्ये एक थिइन् कमला निरौला थापा । त्यतीबेला कमला एक सामान्य जुवाडे थिइन् । आर्थिक अवस्था राम्रो थिएन । उनै कमला  सात वर्षपछि गत बुधबार फेरी पक्राउ परीन्  मध्यबानेश्वरको त्यही मेलम्ची खानेपानीको कार्यालयबो केही परेको कागतेनी चोक नजिक उनी पक्राउ परिन् । तर यसपटक पक्राउ पर्दा उनी कुनै सामान्य जुवाडे मात्र थिइनन् । राजधानीको एक चर्चित मिनि क्यासिनो संचालिका बनिसकेको छिन् ।  बानेश्वरको काग्त्यानी चोकमा उनले यही धन्दाबाट भव्य महल किनेकी छिन् । प्रहरीका हाकिम, ठुला व्यापारीदेखि नेतासँगको उनको दोस्ती जमिसकेको छ । त्यही दोस्तीको फाइदा उठाउदै कागतेनी चोकको महलमा सहरमा नामुद जुवाडेहरुलाई जम्मा गरेर उनी जुवा खेलाउदै आएकी छिन् । बुधबार त्यही अखडामा प्रहरीले छापा हान्यो । जहाँ उनीसहित २८ जना जुवाडे पक्राउ परे । उनी कति शक्तिशाली भइछिन् भने बिहान चार बजे पक्राउ परेकोमा बिहान ११ बजे ने सोर्सफोर्समा छुट्न सफल भइन् । प्रहरीले जुवा ऐन अन्र्तगत मुद्दा समेत चलाउन सकेन । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआईजी बिज्ञानराज शर्माले तत्काल उनीहरुलाई छाड्न बानेश्वर वृत्तका डिएसपी रमेश तामाङलाइै निर्देशन दिएका थिए ।
गुण्डा, ठेकदारदेखि नेतासम्म कमलाको सो जुवाघरबाट पक्राउ परेका थिए । कमलाको जुवाघरबाठट पक्राउ पर्नेहरुमा सविता थापा, बिजय सुन्दर लालुवा, सुनिल प्रजापती, रोमन सिलाकार, रुपेश श्रेष्ठ, बम बहादुर लामा, गणेश थापा, सुनिल बज्राचार्य, मानसिंह कार्की, चन्द्र लामा, नरेश श्रेष्ठ, राजेन लामा, अरुण तिवारी छन् । त्यस्तैगरी मुक्ति लामा, नरेश श्रेष्ठ, नारायण ठकुरी दावा लामा, प्रदीप क्षेत्री, सुशील न्यौपाने, कुमार श्रेष्ठ, बिनोद कार्की, इन्द्र श्रेष्ठ, बिवेक खत्री, जयराम वाग्ले, राम भगत रिसाल, देव नारायण खतिवडा र मोहन केसीलाई पक्राउ गरेको थिए । प्रहरीले खालबाट आठ बुक तास र नगदहरु बरामद गरेको हो ।
उक्त जुवाखालबाट पक्राउ परेका चन्द्र लामा कांग्रेस निकट गुण्डा हुन् । त्यस्तै मानसिंह कार्की पूर्वएसएसपी ढक बहादुर कार्कीका दाई हुन् । स्रोतका अनुसार कमलाले सो घरमा मिनि क्यासिनोका रुपमा संचालन गर्दै आएकी छन् । जहाँ कोठा पिच्छे नै छुट्टाछुट्टै खाल जम्ने गरेको छ । बेश्यावृत्तिका लागि समेत उनले सो घर प्रयोग गर्दै आएकी छिन् । नयाँ नयाँ युवतीहरु उक्त घरमा आइरहने स्थानीयहरु बताउछन् । तर उच्च प्रहरी अधिकारीहरु समेत जुवा खेल्न जाने भएकाले उनलाई प्रहरीको चिन्ता छैन ।



फस्टाउदै जुवा घर


मिनि क्यासिनोको शैलीमा राजधानीमा जुवाघरहरु फस्टाउदै गएका छन् । क्यासिनो बन्द भएपछि यस्तो मिनि क्यासिनोहरु फस्टाएको प्रहरी अधिकारीहरु ब्ताउछन् ।
घर तथा फ्लाटहरु भाडामा लिएर खानपिनको सम्पूर्ण सुविधाहरु राजधानीमा जुवा खेलाउने दर्जनौं अखडाहरु रहेको प्रहरी स्रोत बताउछ । ति मध्ये कतिपय प्रहरीकै संरक्षण संचालन भइरहेका छन् । प्रहरी बहालवाला तथा पूर्व अधिकारीहरु समेत पेशेवर जुवाडे भएकाले धेरैमा प्रहरीले संरक्षण दिने गरेको हो ।
कागतेनी चोकको जुवा घरमा छापा हानेकै दिन प्रहरीले मातातिर्थमा सुरेन्द्र खरेलले संचालन गरेको जुवा घरमा पनि छापा हानेको थियो ।  सुरेन्द्र खरेलले संचालन गरेको जुवाघरमा महानगरीय प्रहरी वृत्त थानकोटले छापा हानेको थियो ।
गत १२ असोजमा महानगरीय प्रहरी अपराध महाशाखाले राजधानीमा दुई जुवाघरमा छापा हानेको थियो । जसमा १७ जना पक्राउ परे । त्यसमा पनि नेविसंघका नेतादेखि प्राध्यापकसम्म पक्राउ परेका थिए ।
महाशाखाको टोलीले चाबहीलस्थित राजेन्द्र डंगालको घरमा संचालित जुवाघरबाट ६ जनालाई पक्राउ परेको थियो । पक्राउ पर्नेहरुमा फर्साराम डाँगी, अर्जुन खड्का, राजु केसी, बिष्णु सापकोटा, मोती विक, राजेन्द्र डंगोल हुन् । पक्राउ परेका विक शंकरदेव क्याम्पसका नेविसंका नेता हुन् । उक्त खालबाट प्रहरीले २ लाख ८७ हजार रुपैयाँ बरामद गरेको थियो ।
सोही दिन साँझ पुतलीसडकको शेयर मार्केट कम्प्लेक्स अगाडिको जुवाघरमा पनि महाशाखाको टोलीले छापा हानेको थियो । जहाबाट ल क्याम्पसका प्राध्यापक धुव पन्तसहितका जुवाडेहरु पक्राउ परेका थिए । जहाँ कुश बहादुर राना, शर्चिल शमशेर जबरा, नवीन पाण्डे, सुजिल श्रेष्ठ, लालबाबु बिष्ट, शैलेश पौडेल, सरोज श्रेष्ठ, राजेन्द्रमान श्रेष्ठ र राजेश केसी पनि पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले २ लाख १५ हजार तीन सय रुपैयाँ बरामद गरेको थियो ।
पक्राउ परेका सबैजना भोलीपल्टै छुटेका थिए । दशैंको अघिल्लो दिन भएकाले प्रहरीले उनीहरुलाई सामान्य धरौटीमा नै छाडिदिएको थियो ।
त्यस्तै शनिबार बेलुका ८ महिलासहित १७ जुवाडे पक्राउ परेका थिए ।  भोटेवहाल स्थित माला श्रेष्ठको घरबाट प्रहरीले ५५ हजार  नगदसहित जुवाडेहरुलाई पक्राउ गरेको हो । तर उनीहरु पनि सोर्सफोर्स नभएका जुवाडे थिएनन् । प्रहरी हाकिमलाई फोन हानी आइतबार नै उनीहरु छुटे । जनसेवा वृत्तका डिएसपी बेद बिष्टले एक दिन पनि उनीहरुलाई थुन्ने हिम्मत गरेनन् । जबकी पेशेवर रुपमा जुवा खेलाइने अखडामा छापा हानीएको थियो ।
राजधानीका क्यासिनोहरु गत फागुनदेखि बन्दभएपछि विभिन्न ठाउँमा गोप्य रुपमा जुवा खेलाइने गरेको प्रहरी अधिकारीहरु बताउछन् ।  दुई सातायता याक एण्ड यती होटलमा रोयल क्यासिनो संचालनमा आएको छ । तर नेपाली प्रबेश गरे कर्मचारी नै बर्खास्त हुने गरी व्यवस्थापनले कडाई गरेको छ । क्यासिनो व्यवस्थापन नियमावली २०७० मा क्यासिनोमा नेपाली जुवाडेलाई छिराएमा इजाजत नै रद्द हुन सक्ने उल्लेख छ ।
दशैं तिहारको बेलामा त मिनि क्यासिनोहरुमा जुवाडेहरुको ठुलै भिड हुने गरेको छ । अन्य बेला तास मात्र खेलिनेमा तिहार नजिकिन थालेपछि कौडा समेत खेल्न थालिएको छ । कतिपय मिनि क्यासिनोले प्रहरीका हाकिमहरुलाई खुशी बनाएकाले उनीहरु ढुक्क साथ जुवा खेलाइरहेका छन् । बौद्ध क्षेत्रमा भने तिब्बतीहरु छुट्टै किसिमको जुवाघरहरु संचालन गर्दै आएका छन् ।

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.