चोरले प्रेमको नाटक गरी सम्पति र जवानी एकै पटक लुट्यो

काठमाडौं । राजधानीमा एउटा अचम्मको लुटपाटको घटना भएको छ । फोनबाट नजिकिएका एक चोरले प्रेमको नाटक गरी बिहे गर्ने आश्वासन दिएर एक महिलाको जवानी र सम्पती दुवै लुटेका छन् । आफुलाई सशस्त्र प्रहरीको कर्मचारी बताउदै फोन गरी भेटघाट गरेका केशब सुनुवारले एक एकल महिलालाई यौन शोषण मात्र होइन सम्पती समेत लुटे । बलम्बु डेरा गरी बस्ने सपना तामाङ(नाम परिवर्तन) लाई उनकै डेरामा गएर सलले हातखुट्टा बाधी नगद तथा गहना लुट्ने सिन्धुपाल्चोक माङखाका केशब सुनुवार पक्राउ परेका हुन् । गत असोज १४ गते सुनुवारले तामाङको कोठाबाट सुन चादीका गहना तथा नगद लुटेका थिए । तामाङको हातखुट्टा सलले बाधेर करायो भने मारिदिने भन्दै घाटीमा चक्कु राखू उनी लुटपाट गरेका थिए । सुनुवारलाई महानगरीय प्रहरी अपराध महाशाखाले बिहिबार पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार आफु सशस्त्र प्रहरीको जागिरे भएको भन्दै ति महिलास“ग नजिकिएका थिए । पटक पटक उनी तामाङको कोठामा गएर समेत बसेका थिए । बिहे गर्ने भन्दै प्रेमको नाटक गरेका उनी खासमा रिङरोडमा गाडि चलाउने काम गर्दथे । पटक पटक  तामाङको कोठामा गएपछि उनले लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ । प्रहरीले स्यूचाटारबाट सुनारलाई पक्राउ गरेको हो ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.