१० वर्षीया छोरीलाई पटक–पटक बलात्कार गर्ने बाबु पक्राउ

झापा, कात्तिक २ – श्रीमती वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै छोरीलाई बलात्कार गर्ने झापाका एक व्यक्ति पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा हल्दीवारी वडा नं. ७ निवासी ४० वर्षीय भैरव सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । २० महिनाअघि सोरेनकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएपछि उनले १० वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको जाहेरीका आधारमा सोरेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोख्रेलले जानकारी दिए ।     सोरेनले गत असोज १४ गते र १६ गते आफ्नै कान्छी छोरीलाई टेलिभिजन हेर्ने क्रममा बलात्कार गरेको पीडितकी दिदीले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.