भ्रष्टाचारि नेत्री पूर्वमुख्यमन्त्री जयराम जयललिताको सारी मात्रै १० हजार थान !

एजेन्सी – भ्रष्टाचार  आरोप प्रमाणित भएपछि  जेल चलान गरिएकी दक्षिण भारतको तमिलनाडु राज्यकी पूर्वमुख्यमन्त्री तथा अन्नाद्रमुक दलकी नेता जयराम जयललिता निकै नै बिलासी छिन् । बीबीसीका अनुसार उनको सारी मात्रै १० हजार थान  छ । डेड वर्ष पहिले प्रहरीले उनको निवासमा छापा मार्दा सात सय ५० जोडी त जुत्ता नै फेला परेको थियो ।   सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी पूर्वअभिनेत्री जयललिता अति नै बिलासी भए पनि उनलाई समर्थकहरुले आदर गर्ने गरेका छन् । उनले आफ्नो राज्यको गरिवी निवारणका लागि खेलेको भूमिकालाई लिएर तमिलनाडुमा उनको आदर हुने गरेको छ । स्मरणीय छ,उनीमाथि लागेको भ्रष्टाचारको मुद्दा प्रमाणित भएर उनी कारागार चलान भएपछि त्यसको पीडा सहन नसकेर उनी समर्थक१६ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमध्ये कतिपयमा हृदयघात भएको थियो भने कतिपयले आत्महत्या गरेका थिए । अदालतको फैसलाले अचेत भएर ढलेका कतिपय उपचारपछि घर फर्केका थिए ।   कारागारबाट शनिबार रिहा भएपछि विमानस्थलबाट चेन्नई लागेकी उनलाई स्वागत गर्न विमानस्थलमा हजारौं समर्थक उपस्थित थिए । त्यहाँदेखि १२ किमिको यात्रा गरी पुग्ने निवाससम्म उनको स्वागतका लागि मानब साङ्लो बनाएर सर्वसाधारण उनको स्वागतका लागि उभिएका थिए । भ्रष्टाचार अभियोग प्रमाणित भए पनि उनको समर्थनमा बाक्लो उपस्थिती देखिएको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.