रणबीरले उतारे आफ्नो पाइन्ट..सयौँ महिलाको अगाडि

बलिउडका नवोदित अभिनेता रणबीर कपुर विभिन्न कारणले मिडियाको हेडलाइन बन्न सफल हुने गर्दछन् । यस्तै अचम्मका व्यवहारसहित रणबीर सिंह एकपटक फेरी मिडियामा छाउन सफल भएका छन् । अभिनेता सिंहले आफ्नो फिल्मको सेटमा नै सयौँ महिलाको अगाडि आफ्नो पाइन्ट फुकालेका छन् ।   यति भनिसक्दासम्म तपाईंमध्ये धेरैले रणबीर कपुरलाई अर्कै दृष्टिकोणले हेर्नुभयो होला तर त्योभन्दा अघि वास्तविक घटना के हो, बुझ्नुहोस् । रणबीर सिंह आफ्नो नयाँ फिल्म ‘किल दिल’ को गीत ‘ह्याप्पी बर्थडे’ का लागि राती सुटिङ गरिरहेका थिए । ४० डिग्रीको गर्मीमा, लेदरको पाइन्ट लगाएर डान्स गर्न उनलाई निकै असहज महसुस भइरहेको थियो । उक्त अप्ठेरोलाई सहन नसकी रणबीरले फिल्मको सेटमा नै आफ्नो पाइन्ट फुकाले । रणबीरलाई बिना पाइन्ट देखेपछि त्यहाँ उपस्थित २०० महिला डान्सरहरुले त्यहाँ चिच्याउन र सिट्ठी बजाउन सुरु गरे । हल्ला सुनेपछि वरिपरिका मानिसहरु सेटमा उपस्थित भए ।   खबरका अनुसार त्यहाँ उपस्थित मानिसहरुले रणबीरको फोटो खिच्न सुरु गरे तर फिल्म युनिटले सबै तस्बिरहरु डिलिट गर्न लगाए । यद्यपी फिल्ममा मुख्य भुमिका निभाइरहेकी परिणीति चोपडाले भने सिंहको तस्बिर डिलिट गरिनन् । अभिनेत्रीका अनुसार अब उनी ती फोटोहरुले रणबीरलाई ब्ल्याकमेल गर्नेछिन् ।   ‘ह्याप्पी बर्थडे’ लाई शंकर–एहसान–लोयले कम्पोज गरेका हुन् र यो गीत गुलजारले लेखेका हुन् । ‘किल दिल’ को निर्देशन शाद अलीले गरिरहेका छन् । फिल्ममा रणबीर र परिणाीतिका साथसाथै अली जफर र गोबिन्दाको पनि मुख्य भूमिका रहेको छ ।

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.