इबोला नियन्त्रणका लागि २४ घन्टाभित्रै कदम चाल्ने ओबमाद्वारा इस्पष्ट

काठमाडौं, आश्विन ३० । अमरिकी राष्ट्रपति बाराक ओबामाले इबोला नियन्त्रणका लागि तीव्र रुपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । ह्वाइट हाउसमा उच्च अधिकारीहरुसँग छलफल गर्दै उनले देशमा नयाँ परिस्थिति देखिने बित्तिकै संघीय स्वास्थ्य टीमले २४ घन्टाभित्रै समाधानका लागि कदम उठाउनुपर्नेमा जोड दिए ।

साथै उनले अफ्रिकी देशमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि मद्दत गर्न पनि सबैको ध्यानाकर्षण गराए ।

यसैबीच, अमरिकी स्वास्थ्य अधिकारीहरुले टेक्सासकी नर्सको साथमा विमानमा यात्रा गर्ने सबै १ सय ३२ यात्रीको परीक्षण गर्न चाहेको बताएका छन् । टेक्सासकी नर्स इबोलाबाट संक्रमित अमेरिकाकी दोस्रो नर्स हुन् ।

गत सातामात्र अमरिकाकै डालासमा लाइबेरियाका एक व्यक्ति थोमस डंकनको इबोलाकै कारण मृत्यु भएको थियो । इबोलाकै कारण पश्चिम अफ्रिकामा चार हजारभन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सी) -

, , ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.