आक्रमणमा ६ सय भन्दा बढीको मृत्यु

बेरुत: इस्लामिस्ट स्टेट (आइएस) समूह जिहादीले सिरियाको कोबानेमा एक महिनायता जारी राखेका भीषण आक्रमणमा ६०० भन्दा बढी लडाकुको भएको छ । उक्त जानकारी मानवअधिकारीवादी समूहले बिहीबार दिएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सका अनुसार यसमा मारिएका सयौँ आइएस लडाकुहरू भने परेका छैनन् ।  पेन्टागनका अनुसार यसै अवधि कोबानेमा आइएस लडाकुलाई लक्ष्यगरी अमेरिकासँग आबद्ध हवाई आक्रमणमा सयौँ आइएस लडाकु मारिएका छन् ।

गत सेप्टेम्बरको १६ बाट बुधबार मध्य रातसम्म टर्कीको सीमा क्षेत्रमा पर्ने सिरियाको कोबानेमा जारी द्वन्द्वमा परी ६६२ लडाकु मारिएको बेलायतसँग आबद्ध मानवअधिकारी वाढी समूहले जनाएको छ ।

तीमध्ये २० सर्वसाधारण पनि रहेको अब्जरभेटरीका निर्देशक रामी अब्दुल रहमानले एएफपीलाई बताए । यस क्रममा आइएसले आफ्नो ३७४ लडाकु गुमाएका र झडपको क्रममा कुर्दिश पक्षका २६८ व्यक्तिले ज्यान गुमाएको बताइएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.