कन्सर्टकामा दुर्घटना, दक्षिण कोरियामा १६ को मृत्यु

काठमाडौं, कार्तिक १ । दक्षिण कोरियामा एक सांगीतिक कार्यक्रमका क्रममा भएको दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

संगनाम सहरको एक खुल्ला अडिटोरियमको भेन्टिलेसन जालीमा ३० जना व्यक्ति उभिएका बेला जाली छिनेर दुर्घटना भएको हो । ३३ फिट तलको अन्डरग्राउन्ड पार्किङमा खसेपछि उनीहरुको मृत्यु भएको बताइएको छ ।

उनीहरु कोरियामा चर्चित महिला ब्यान्डको पप कन्सर्ट हेर्न पुगेका थिए । कन्सर्ट हेर्न करिब सात सय व्यक्ति पुगेका थिए । दुर्घटनामा पर्नेमा धेरैजसो विद्यार्थी भएको बताइएको छ । (एजेन्सी)

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.